Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अमरनारायण मन्दिरको पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलिङ्ग स्थापना हुँदै

पाल्पा । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलिङ्ग स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए ।

भदौ महिनाको अन्तिमसम्म ३० ओटा धारा जडान गर्ने र बाँकी धारा चालु आवको असारमसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत आवको रु ३० लाख बजेटबाट अहिले काम भइरहेको छ । यस आवमा पोखरीकै लागि रु १० लाख बजेट नगरपालिकाबाट विनियोजन भइसकेको वडाध्यक्ष रेग्मीले बताए ।

पाँच किलोको तौल र ११ इन्चको लम्बाइ भएको गौमुखी धारा जडान हुनेछ । धाराबाट निस्केको पानी नालीमा झर्ने र सो नालीमाथि फलामको जाली बिछ्याउने काम हुने छ । बहुवर्षीय योजनाअनुसार जीर्ण तथा फोहोर पोखरीको तल्लो भाग सम्याउने, भित्तालाई व्यवस्थित गर्ने, पोखरी सरसफाइ, प्रवेश गर्ने सिँढी, रेलिङ, ट्याङ्कीलगायतका काम सकिएको वडासदस्य महेश्वर श्रेष्ठले बताए ।

कोभिड–१९ का कारण योजना सम्पन्न गर्न केही ढिलो भएको छ । गौमूखी धारा जडानपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अमरनारायण मन्दिरको थप पहिचान हुने स्थानीयवासीको जिकिर छ । यस कार्य पूरा हुँदा मुक्तिनाथको झल्को पाल्पाबाट दिइनेछ । अमरनारायण मन्दिर परिसरमा निर्माण गरिएको पूर्वाधारले पर्यटक आगमनमा वृद्धि हुने देखिएको वडा सदस्य शान्ति झेडीले बताए ।

काजी अमरसिंह थापाबाट विसं १८६३ मा अमरनारायण मन्दिर र ठूलो पोखरी निर्माण भएको थियो । यस मन्दिर जिल्लाकै पर्यटकीय सम्पदाका रूपमा परिचित छ । अमरनारायण मन्दिरमा ऐतिहासिक काष्ठकलाको बेजोड प्रस्तुति देखिन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरु काष्ठकलाका प्रस्तुतिले लोभिन्छन र मन्दिर सेरोफेरोमा टहलिन बाध्य हुन्छन् ।

यस मन्दिरमा भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ । मन्दिर सञ्चालन गर्न गुठीको व्यवस्थासमेत गरिएको छ । काजी अमरसिंहले वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी अमरनारायणको मन्दिर निर्माण गराएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies