


सभामुख सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा


-
-
भदौ २६ गते, २०७७ - ०८:२२

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।
यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए।
सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिए। लामाका अनुसार बालग्राम पठाइएकमा छ बालक र एक बालिका छन् ।
पहिरोबाट विस्थापित भएर जुगल–१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयबाट आवश्यक काजगपत्र तयार गरी पिसीआर परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराईलगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए।
गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिए।
जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...

प्रतिकृया लेख्नुहोस्:
- आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
- नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी