Khabar Dabali Logo
  January 20, Wed

खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने

कम्पनीले आफ्नै खर्चमा पठाउन चाहे चार्टरलाई अनुमति दिइने, पीसीआर रिपोर्ट नेगेटिभ हुनैपर्ने

काठमाडौं । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको छ ।

नयाँ नीतिलाई बिहीबारबाटै कार्यान्वयनमा ल्याएको बताए । तत्कालका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्रै विमानले बोक्ने मन्त्री यादवले बताए । ‘एउटै विमानमा पीसीआरको नेगेटिभ रिपोर्ट भएका र नभएकालाई मिसाएर ल्याउन पाइएन । नेगेटिभ मात्रै विमानमा आए होटलमा वस्नुपर्दैन । सिधै होम क्वारेन्टाइनमा बस्न मिल्ने गरी घर जान पाउँछन्,’ उनले भने ।

मन्त्री यादवले कम्पनीले आफ्नै खर्चमा चार्टर गरी श्रमिक पठाउन पाउने प्रबन्ध पनि मिलाइएको बताए । हजारौं नेपालीलाई रोजगार दिने कम्पनीले आफ्नै खर्चमा चार्टर विमानमार्फत श्रमिकलाई पठाउन नेपाली दूतावाससँग अनुमति मागेका थिए । रोजगारी समाप्त वा लामो बिदामा राखिएका श्रमिकलाई खाना र बस्नेको प्रबन्ध महिनौं मिलाउनु पर्दा ठूलो खर्च हुने भएकाले कम्पनीले चार्टर विमान माग गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले कुनै कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल फर्काउन तयारी गरे त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिइने बताए । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरेर उडानको व्यवस्था गरिनेछ’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिनेछ ।’

उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली ल्याउन सरकार संवेदनशील रहेको बताए । ‘स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोसिस गरिरहेको छ । सरकारले आफ्नो प्रयत्न बढाउँदै लानेछ’, उनले भने ।

खाडीसहित ३० देशबाट बुधबारसम्ममा ६० हजार २ सय ७२ जना नेपाली आइपुगेका छन् । खाडी तथा मलेसियाबाट स्वदेश फिर्न इच्छुकको संख्या अझै ९३ हजार छ । सबैभन्दा बढी यूएईमा ४० हजार, साउदी अरबमा १८ हजार, कतारमा १५ हजार, मलेसियामा १५ हजार र कुवेतमा ५ हजार जना स्वदेश फिर्तीको प्रतीक्षामा छन् ।

नेपाली राजदूतहरूले सीमित कोटाअनुसार नेपाली लैजाँदा मानवीय संकट आउने भन्दै परराष्ट्र मन्त्रालयसहित उच्च तहमा ध्यानाकर्षण गराएका छन् । ‘घर पठाउन तयार श्रमिकलाई चैतदेखि नै खाना खुवाएर राखिएको छ ।

कम्पनीले कहिलेसम्म अनुत्पादकशील श्रमिकलाई पालेर बस्ने भन्दै प्रश्न गर्छन् । ती कम्पनीबाट श्रमिक बाहिर आए के हुन्छ भन्ने डर छ । बाहिरको तापक्रम ४६ डिग्री छ । अन्यतिर बस्ने ठाउँ छैन । सार्वजनिक स्थानमा पिउने पानीको धारा भेटिँदैन’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘श्रमिकको मागअनुसार उडान गरिदिनु पर्छ । हरेक दिन एउटा उडान हुनैपर्छ ।’

खाडीको समस्या दिनहुँ हुने उडानले मात्रै हल गर्न सक्ने दूतावासहरूको भनाइ छ । ‘हाम्रो मुख्य माग भनेकै दिनहुँ नियमित उडान उपलब्ध हुनुपर्छ भन्ने हो’, साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘उडान भए पीसीआर रिपोर्टको प्रबन्ध मिलाउँछौं ।’

खाडी मुलुक तथा मलेसियाले पछिल्लो समय निजी क्षेत्रलाई पनि पीसीआर गर्न पाउने गरी छुट दिएका छन् । कतारमा सरकारीले निःशुल्क र निजी स्वास्थ्य संस्थाले शुल्क लिएर पीसीआर परीक्षण गर्न थालेका छन । स्वदेश फर्कने प्रतीक्षामा रहेका श्रमिकलाई पीसीआर परीक्षणको समस्या नहुने कतारका लागि नेपाली राजदूत भारद्वाजले बताए ।

पर्याप्त उडान भए टिकटको कालोबजारीसमेत बन्द हुने राजदूतहरूको भनाइ छ । ‘तोकिएको ट्राभल एजेन्सीमा जाँदा टिकट पाइँदैन । म्यासेन्जरमा महँगोमा टिकट छ भन्दै दलाल आइपुग्छन्,’ संयुक्त अरब इमिरेट्सस्थित ट्रान्सगार्ड कम्पनीमा कार्यरत जयराम नेपालले भने, ‘कम्पनीले दलालसँग करोबार गर्दैन ।’ उनले पीसीआर नेगेटिभ रिपोर्ट भएकालाई जति पनि लैजाने प्रबन्ध मिलाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष मेघराज सापकोटाले समयमा नेपालीको घरफिर्ती प्रक्रिया सहज नपारिँदा सरकारविरुद्ध विद्रोहको वातावरण बनिरहेको बताए । ‘मलाई उद्धार गरिदेऊ, कोठामा बसेको महिनौं भयो, म पीसीआर गर्न तयार छु, ऋण नै गरेर पनि टिकट काट्छु भन्ने धेरै भेटिन्छन् । सरकारले वास्ता गरेको छैन,’ उनले भने ।

भदौ २६ गते, २०७७ - ०८:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुइँको टिप्दा न बादल, न वामदेव

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...   

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...   

आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...   
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...   

संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन

काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...   

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...   
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...   

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...   

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...   

कोभिड चिकित्सकमाथि आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top