Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

देशभर ५० हजार कोरोना संक्रमित, काठमाडौंमा अहिलेसम्मकै उच्च

काठमाडौं । कोरोना भाइरस देखिएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - देशका अन्य भागमा दैनिक पुष्टि हुने संक्रमितको संख्या स्थिर रहे पनि राजधानीमा भने दिनदिनै बढ्दै गएको छ । बिहीबार राजधानीमा संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर एक हजार दुई सय ४६ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५० हजार चार सय ६५ पुगेको छ । बिहीबार ११ हजार एक सय ४४ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । योसँगै मृत्यु हुनेको संख्या पनि तीन सय १७ पुगेको छ । बिहीबार मृत्यु पुष्टि भएकामध्ये काठमाडौंका तीन, चितवन र कपिलवस्तु एक–एकजना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एक हजार आठ सय १८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ३५ हजार सात सय पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ४८ रहेको छ । उनीहरूमध्ये ६ हजार चार सय ३८ जना घरमा र आठ हजार १० विभिन्न अस्पताल तथा अन्य संस्थागत आइसोलेसनमा रहेका छन् ।

उपत्यकामा एकदिनै पाँच सय ७२ जनामा संक्रमण
देशका अन्य जिल्लामा संक्रमण स्थिर रहेको भए पनि काठमाडौं उपत्यकाका तीन जिल्लामा भने दैनिक बढ्दै गएको छ । बिहीबार पाँच सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

त्यस्तै, संक्रमितहरूमध्ये काठमाडौंका चार सय ९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जना रहेका छन् । बुधबार उपत्यकामा चार सय ६४ जनामा कोरोना देखिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies