


भारतसँग सीमा जोडिएका बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना


-
-
भदौ २५ गते, २०७७ - २०:१८

बैतडी । भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए ।
योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भईसकेका छन् । कुस्मौत घाटमा आज बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनिकरणलगायतका कुरामा सहयोग पुग्ने बताए ।
जिल्लामा भारतसँग जोडिएको ६१ किलोमिटर सीमामा अहिले तीन ठाउँमा सशस्त्र प्रहरीको उपस्थिती भइसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहले बताए । चालु आवभित्रै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए। पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?
काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...
