Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ : एस्ट्राजेनेका

लन्डन । बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ ।

गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।

एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि खोपको परीक्षण तत्काल रोकी परीक्षणमा सम्लग्न विरामीलाई खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा उनलाई अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ ।”

“परीक्षणमा सम्लग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो ।

सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य बताएको छ ।

“परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,” सारियटले भने ।

अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो ।

कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies