


सप्तरी–सिरहाका गाउँ जोड्न झोलुङ्गे पुल बन्ने


-
-
भदौ २५ गते, २०७७ - १३:१८

सप्तरी । सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो ।
नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । गोइतका अनुसार पुलको लागत करीब रु तीन करोड हुने छ ।
वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो । झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुःशी भएका छन् ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्ण रूपमा बन्द गरेर आजदेखि पुलको काम शुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए । कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
