Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

४ वर्षपछि तस्करले गैँडा मारेपछि थपियो निकुञ्जमा चुनौती

चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो ।

पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा भेटिएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भेटिएको गैँडा गलेको अवस्थामा रहेको बताए ।

बन्दुकको आवाज आएकै दिन गैँडा मरेको मृत शरीरको प्रकृतिले देखाएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् तर तस्करले खाग र खुरकै लागि गैँडा मार्ने भए पनि ती दुवै सुरक्षित रहेको बरालको भनाइ छ । घटना शङ्कास्पद भएसँगै निकुञ्ज थप रणनीतिका साथ अनुसन्धानमा अघि बढेको छ । यसअघि विसं २०७३ चैत २६ गते राप्ती बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणबाट मात्र गैँडा मरेको बरालको भनाइ छ ।

बराल तस्करले नै गैँडा मारेको हुनसक्ने बताउनुहुन्छ । उनीहरु तस्कर समूह भएको भन्दै तिनीहरूलाई निस्तेज पार्ने रणनीतिमा निकुञ्ज लागेको उनको भनाइ छ । बराल छुटेका कैदीबन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्वीकार्नु हुन्छ । गएको वैशाखयता मात्र भरतपुर कारागारबाट गैँडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार त्यही मुद्दाका आउँदो चैतसम्ममा चार, २०७८ मा छ, २०७९ मा १० जना र २०८० मा चार जना छुट्दै छन् । कोही भने कारागारभित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल कारागारमा सो अभियोगमा ६८ जना छन् । पाँच वर्षभित्रमा आधाभन्दा बढी छुट्ने काफ्लेले बताए ।

यस मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । कारागारमा रहेकामध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबैभन्दा बढी चितवनका ४५, नवलपरासीका १२, मकवानपुरका १० र पर्साका एक जना छन् । एक महिलाबाहेक अरू सबै पुरुष हुन् । बरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा लागेकाहरु भएको जानकारी दिए ।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायतका ठाउँका हुन् । अरू मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ । तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उनको भनाइ छ । यससँगै कोभिड–१९ को मौका छोपेर तस्कर सक्रिय भएको अनुमान छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष ३८ वटासम्म गैँडा तस्करले मारेको तथ्याङ्क छ । त्यतिबेला विसं २०५८ देखि २०६३ सम्म तस्करले १०६ वटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सन् १९९५ मा चोरी शिकारबाट एउटा गैँडा मारिएको थियो । त्यसयता हालसम्म तस्करले मारेको प्रमाणित भएका गैँडाको सङ्ख्या १७६ पुगेको छ ।

पछिल्लो वर्षमा प्राकृतिक कारणले गैँडा मरे पनि तस्करले मार्न पाएका थिएनन् । निकुञ्जका सूचना अधिकारी अशोककुमार रामका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैँडा मरेका थिए । अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैँडा मर्ने गरेको उनको भनाइ छ । अहिले निकुञ्जले साइकल, मोटरसाइकल, गाडी, पैदल, हात्ती, डुङ्गा, मोटरबोटबाट गस्ती गर्दै आएको छ । अप्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ । निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन् । शङ्कास्पद ठाउँमा एम्बुस गस्ती गरिने रामले जानकारी दिए । उनका अनुसार अहिले निकुञ्जले थप रणनीतिका साथ सुरक्षा गस्ती बढाइरहेको छ । मध्यवर्तीका समूहसँग सहकार्य गरी युवा चोरी शिकार नियन्त्रण समूह पनि सक्रिय बनाइँदै छ ।

निकुञ्जमा यसै वर्ष गैँडा गणना गरिँदै छ । यसअघि सन् २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६४५ मध्ये ६०५ गैँडा यसै निकुञ्जमा रहेका थिए । निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ । विसंं। २००७ सालतिर यस निकुञ्जमा ८०० हाराहारीमा गैँडा रहेकोमा विसं २०२० मा यो सङ्ख्या घटेर १०० मा झरेको थियो । त्यसयता क्रमश गैँडाको सङ्ख्या बढ्दै आएको हो । विश्वमै एक सिङ्गे गैँडा दुर्लभ मानिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies