Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

घट्टेखोलामा मोटर चल्ने पुल निर्माण

म्याग्दी । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ ।

चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ । पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताए । आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो । यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे । पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ ।

ढलानको तयारी गरेको अवस्थामा २०७६ जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाउँदा निर्माण अवधि एक वर्ष धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रवी कार्कीले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम र बन्दाबन्दीको असहज अवस्थामा पनि घर नगएका मजदुरलाई परिचालन गरेर पुल निर्माण सम्पन्न गरिएको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डअन्तरगत गलेश्वर, तिप्ल्याङ, पोखरेबगर र रुप्से खोलामा मोटर चल्ने पुल निर्माणाधिन अवस्थामा छन् ।

रुप्सेखो, घाँसाखोला र घैकुखोलामा निर्माणाधिन पुलमा गत साउन ५ गतेको बाढीले क्षति पु¥याएको छ । बाढीले पर्खाल भत्काएको गलेश्वर स्थित राहुघाट नदी माथिको बेलिब्रिज मर्मत भएको छ । असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको पर्खाल मर्मत गरेर साउन २७ गतेदेखि सवारी सञ्चालन गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies