Khabar Dabali Logo
  September 21, Mon

तपाईलाई टाउको दुख्छ ? यस्तो गर्नुहोस् खानपान !

अलिअलि टाउको दुख्दैमा औषधि सेवन गरिहाल्नुहुँदैन । अत्यधिक एन्टिबायोटिकको प्रयोगले शरीरमा प्रतिकूल असर पारिरहेको हुन्छ । टाउको दुख्ने समस्यालाई विभिन्न तरिकाले निको पार्न सकिन्छ ।

स्नायु प्रणालीलाई असर गर्ने सामान्य विकारमध्ये टाउको दुखाइ पनि एक हो । अध्ययनअनुसार विश्वको करिब आधाभन्दा बढी जनसंख्या टाउको दुखाइको समस्याबाट पीडित छन् । टाउको दुखाइ सामान्य र जटिल गरी दुई प्रकृतिको हुन्छ । विभिन्न स्वास्थ्य समस्या, वरिपरिको वातावरण, तनावले हुने टाउको दुखाइ हरेक मानिसले झेलिरहेका हुन्छन् । 

खानपान, डिहाइड्रेसन, काम, घरको वातावरण र स्वास्थ्य अवस्थाले टाउको दुख्ने समस्या निम्त्याउँछ । सामान्य किसिमको टाउको दुखाइले स्वास्थ्यमा असर गर्दैन, तर कतिपय अवस्थामा टाउको दुखाइ ब्रेन ट्युमर, स्ट्रोक आदिको लक्षणसमेत हुन सक्छ । अलिअलि टाउको दुख्दैमा औषधि सेवन गरिहाल्नुहुँदैन । अत्यधिक एन्टिबायोटिकको प्रयोगले शरीरमा प्रतिकूल असर पारिरहेको हुन्छ । टाउको दुख्ने समस्यालाई विभिन्न तरिकाले निको पार्न सकिन्छ । टाउको दुख्नुमा खाद्यपदार्थहरूले पनि भूमिका खेलेको हुन्छ । यहाँ त्यस्ता खानेकुराबारे चर्चा गरिएको छ, जसले टाउको दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ । 

केरा 
टाउको दुखेमा निको पार्ने सबैभन्दा सजिलो उपाय केरा सेवन गर्नु हो । वरिपरिको वातावरणका कारण हुने टाउको दुखाइ कम गर्न केरा खानु उपयुक्त मानिन्छ । केरामा हुने म्याग्नेसियम र पोटासियमको मात्राले शरीरमा एलेक्ट्रोलाइट्सको सन्तुलन मिलाउन, रक्तनली सफा राख्ने गर्छ । जसले टाउको दुखाइ कम गर्छ । 

कफी
कफीको मात्रा थोरै राखेर पिउँदा टाउको दुखाइ कम हुन्छ । तर, अत्यधिक कफीको मात्राले कतिपयमा प्रतिकूल असर पार्ने भएकाले ध्यान दिन आवश्यक हुन्छ । सामान्यतः कफीको मात्रा बढी सेवन गर्दा डिहाइड्रेसन हुन सक्ने भएकाले टाउको दुख्ने गर्छ । मात्रा मिलाएर सेवन गर्दा रक्त प्रवाह सहज बनाउँछ, जसले दुखाइ कम गर्छ ।

बदाम
टाउको दुखाइ कम गर्न बदाम (अल्मोन्ड) खानु सबैभन्दा राम्रो मानिन्छ । यसमा पाइने म्याग्नेसियमको मात्राले धेरै सन्चो गर्छ । माइग्रेनको समस्या भएका व्यक्तिलाई चिकित्सकहरूले बदाम खान सल्लाह दिन्छन् । दैनिक चारदेखि पाँचवटा बदाम खानाले टाउको दुख्ने समस्यामा राहत दिन्छ । 

तारेको आलु
मदिरा सेवनबाट हुने टाउको दुखाइका लागि तारेको आलु खानु राम्रो मानिन्छ । अल्कोहलले शरीरमा पोटासियम इलेक्ट्रोलाइट्स नोक्सान गर्ने भएकाले शरीरमा डिहाइड्रेसनको समस्या हुन्छ । जसले टाउको दुख्ने वा लामो समयसम्म अस्वस्थ देखिने हुन्छ । तारेको आलुमा प्रचुर मात्रामा पोटासियमको मात्रा पाइने हुँदा दुखाइ कम गर्न सहयोग गर्छ । 

दूध, दही र पानी
सामान्यतः शरीरमा पानीको कमीका कारण टाउको दुख्ने गर्छ । विभिन्न कारणले टाउको दुख्दा पानी वा पानीजन्य पदार्थ सेवन गर्नुपर्छ । फ्याट नभएको दूध, दही, काँक्रा, तरबुज आदि खान सकिन्छ । पानीको मात्रा अत्यधिक पाइने यस्ता खाद्यपदार्थले शरीरमा ऊर्जा दिने भएकाले टाउको दुखाइ कम हुँदै जान्छ । योसँगै, अदुवा हालेको चिया, ओलिभ तेल, विभिन्न नट्सले सामान्य टाउको दुखाइका लागि औषधिको काम गर्छ ।
– एजेन्सी, नयाँ पत्रिका दैनिकबाट

भदौ २५ गते, २०७७ - ०९:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा संक्रमण

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य...   

धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको...   

भुकम्प अपडेट : ६ रेक्टरस्केल, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

काठमाडौं । एकाबिहानै गएको भुकम्प ६ रेक्टरस्केलको भएको भुकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका...   

भूकम्पको ठुलै धक्का, मानिसहरू घरबाहिर

काठमाडौं। आज बिहानै काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मानिसहरू...   

यी हुन् सरकारका १० निर्णय : रेष्टुरेण्टदेखि हवाई यातायातसम्म अशोज १ बाट खुल्ने

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने...   

कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओलीको कानुनी प्रश्न

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान...   

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात खुल्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन...   
थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा...   
उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top