Khabar Dabali Logo
  January 18, Mon

क्यालिफोर्नियाको आगलागी झन् ठूलो क्षेत्रसम्म फैलिदै

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ ।

प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको छ ।

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी ३ हजार ३०० भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन् ।

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको छ भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको छ । आगलागीसँगै हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेको अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिले पनि तिब्र गतिमा हावा चलेको छ र आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् । यसले गर्दा यहाँको हावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको छ ।

आगो निभाउनका लागि यहाँ सयौँको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासका सयौँ भवनहरु खाली गराइएको छ ।

विमानबाट पानी हालिएको छ तर पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ ।

यहाँका गभर्नरले क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् । आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरण नहुदासम्मका लागि यहाँ संकटकाल घोषणा कायमै रहेको बताइएको छ ।

भदौ २४ गते, २०७७ - १८:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...   

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...   

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...   

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...   

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...   

वन सुधार गर्न प्राविधिकको माग

काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...   

तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर

तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...   

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...   

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top