


इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी


-
-
भदौ २४ गते, २०७७ - १६:५८

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्नुहुने ह्वाइट हाउसका ती अधिकारीले बताए ।
इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताएका थिए, तर उनले सैनिक फिर्ताको मिति भने घोषणा गरेका थिएनन् ।
पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरी इरान समर्थित लडाकूहरुले आक्रमण तिब्र बनाएका छन् भने इराकमा तैनाथ करिब ५ हजार अमेरिकी सैनिकलाई हटाउनु पर्दछ भन्ने इराकी जनमत पनि बढ्दो छ ।
इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए ।
तर केही वर्षपछि इस्लामिक स्टेट विरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै थप अमेरिकी सेना इराक पठाइएको थियो ।
अफगानिस्तानमा हाल आठ हजार ६०० अमेरिकी सैनिक तैनाथ छन् । अफगानिस्तानमा युद्धरत तालिबान समूह र अमेरिकी सरकारबीच गत फेब्रुअरीमा भएको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिक कटौती गरिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले गत अगस्टमा अन्तर–अफगान शान्ति वार्तामा प्रगति भएमा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या पाँच हजारभन्दा कम गरिने जनाएको थियो ।
एक्सिओसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगाडि नै सैनिक संख्या कटौती गरी ४ हजारदेखि ५ हजारमा सीमित गरिने बताएका थिए।
अमेरिका–तालिबान सम्झौता बमोजिम अफगानिस्तानबाट आगामी सन् २०२१ भित्र सबै विदेशी फौज फिर्ता हुनु पर्नेछ । त्यसका निम्ति तालिबान समूहले सुरक्षा प्रत्याभूति दिनु पर्नेछ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले अन्त्यहीन युद्धमा सहभागी हुन नसक्ने भन्दै विश्वका युद्धग्रस्त मुलुकबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरेका छन् । एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर
चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९...सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा
कर्णाली । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक...निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका...कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु...निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...

प्रतिकृया लेख्नुहोस्:
- मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
- ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
- व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
- मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
- भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो