Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सचेतनाका कार्यक्रम नहुँदा गाउँका कोरोनाको त्रास फैलियो

इलाम । केही दिनअघि कोरोना सङ्क्रमतिको समाचार देखेपछि एक स्थानीय व्यक्तिले भने, “कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आयो भन्ने खबर सुन्दा त बेहोसै भइन्छ होला ।” यस्तै लाग्दैछ यहाँका कतिपय स्थानीयलाई । उनले जस्तै अभिव्यक्ति दिने मानिस समुदायमा धेरै छन् ।

कोरोनाको आतङ्कले अहिले धेरैलाई अनावश्यक डर पैदा गरेको छ । कोरोनाको आतङ्क बढेकै कारण सङ्क्रमण नभएको व्यक्तिलाई समेत सङ्क्रमित भनिने र कोरोनाबाट मुक्त भइसकेका व्यक्तिलाई पनि हेयभावले हेर्ने गरिएका घटनाहरु समाजमा धेरै भेटिन थालेका छन् । कोरोनाबाट बच्न जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउनुपर्छ, निको भएका व्यक्तिबाट यो सर्दैन भन्नेजस्ता सामान्य जानकारी पनि समाजमा पु¥याउन सकिएको छैन ।

समुदायमा कोरोना के हो र यसबाट कसरी बच्ने तथा कुनै व्यक्ति सङ्क्रमित भए भने पनि उनीहरुलाई कस्तो व्यवहार गर्ने भन्नेबारेमा सचेतनाका कार्यक्रम कम भएकाले यस्ता समस्या आएको विशेषज्ञको भनाइ छ । एकातर्फ कार्यक्रमको खाँचो छ भने अर्कातर्फ समाजमाा यसरी अफवाह फैलाउनेलाई पनि सचेत गराउने गरिएको छैन । कोरोनामुक्त भएकाले पनि आफूलाई नकरात्मक दृष्टिले हेर्ने गरिएकोे दुखेसो छ ।

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर आउँदा समाजले ‘शत्रु’को व्यवहार गरेको इलाम नगरपालिका वडा नं ८ का मनकुमार राईको दुखेसो छ । “कोरोना त थाहै नपाइ जितियो । तर, घर आउँदा नकरात्मक टिप्पणी सुनेँ ।” मनकुमार वैदेशिक रोजगारीका क्रममा ओमानबाट नेपाल आउँदा सङ्क्रमित बसे । जिल्ला पस्नेबित्तिकै क्वारेन्टिनमा बसेका उनको कोरोना पोजेटिभ देखिएपछि मोरङको गोठगाउँ कोरोना अस्पतालमा १० दिन बसे । त्यसपछि कोरोना परीक्षण गराउँदा नेगेटिभ आएपछि चिकित्सकको सल्लाहमै उनी घर फर्किए । घर फर्किएपछि समाजले अरू बेलाभन्दा भिन्न व्यवहार गरेको उनी बताउछन् । “कोरोना लिएरै आएजस्तो ठानियो । म पनि अरूलाई कोरोना फैलाउन त आएको थिइनँ नि”, मनकुमार भन्छन्, “घरमा आएर पनि १४ दिन एक्लै बसेँ । तर समाजले सक्रिय सङ्क्रमित भनेरै चिन्यो ।”

कोरोनाबाट बच्न दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्नेलगायतका जनस्वास्थ्यका नियमहरुको पालना गर्नुपर्ने भए पनि कोरोना जितेका व्यक्ति र यसको उपचारमा अग्रपङ्क्तिमा खटेका व्यक्तिलाई यस्तो व्यवहार गर्दा समुदायमा झन् नकारात्मक सन्देश फेलिने डर हुन्छ । चिकित्सक र सुरक्षाकर्मीले आपत्कालीन समयमा सेवा दिनुपर्दा सङ्क्रमित हुने सम्भावना हुने भएकोले उनीहरुका बारेमा अनावश्यक प्रचार गर्नाले समुदायले गर्ने व्यवहारमा परिवर्तन हुन नसक्ने देखिन्छ ।

अघिल्लो दिनसम्म आफूसँगै रहेका व्यक्ति पनि आफूले कोरोनाको परीक्षण गराएपछि सशङ्कित भएको एकजना चिकित्सकको भनाइ छ । “कोरोनाको रिपोर्ट नै नआइ तपाईँको त कारोना पोजेटिभ देखिएछ है भन्दै फोन आयो”, नाम नखुलाउने शर्तमा आफ्नो गुनासो सुनाएका ती चिकित्सकले ‘‘अत्यासलाग्दो गरी फोन आएपछि आफू पीडामा परेको” सु्नाए ।

आफ्ना बारेमा भ्रम फैलिएपछि आफूकहाँ जाँच गर्न समेत बिरामी आउन छाडेको उनको दुखेसो छ । भ्रमपूर्ण सन्देशकै कारण समाजमा कोरोनाको आतङ्क फैलिरहेको छ । आतङ्क बढी फैलिएकाले ग्रामीण भेगका बासिन्दाहरुमा अझ बढी कोरोनाको त्रास भएको इलामका कोरोनाका फोकल पर्सन विमल बराल स्वीकार गर्नुहुन्छ । समाजका बुद्धिजीवीले नै कोरोनाको भ्रम फैलाइदिएको बरालको भनाइ छ । “जान्नेबुझ्ने मान्छे नै गलत सूचना दिँदा समुदायमा असर परेको हो ।” क्वारेन्टिनका व्यक्तिमा कोरोना देखिँदा समुदायकालाई देखिएको भन्ने र स्थानीय सरकारले समेत आवश्यकताभन्दा बढी ‘सिल’ र बन्दाबन्दी गर्दा त्रास पैदा भएको उहाँको भनाइ छ । “हालसम्म पनि कोरोना समुदायमा गएको छैन”, बराल भन्नुहुन्छ, “सही सूचना दिनुपर्नेबाटै गलत सूचना सम्प्रेषण भएपछि धेरैमा आतङ्क मच्चिएको हो ।”

सचेतना कम हुँदा त्रास फैलियो

कोरोना सङ्क्रमणको समयमा क्वारेन्टिन बनाउनेदेखि सङ्क्रमितको जानकारी गराउने काम स्थानीय तहले गरे । कोरोना छिटपुट देखिँदा नै जिल्लाका १० स्थानीय तहमा क्वारेन्टिन निर्माण भए । हालसम्म कोरोना समुदायमा फैलिएको छैन तर स्थानीय तहले कोरोनाको सचेतना फैलाउन भने कमजोर देखिए ।

स्थानीय तह मात्र नभई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले समेत सचेतनामा वास्ता गरेका छैनन् तर नयाँ रोग भएकाले व्यवस्थापनमा समस्या आएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको भनाइ छ । “कोरोनाको सचेतनाका लागि नागरिकस्तरबाटै सचेतना जगाउनुपर्छ”, बराल भन्छन्, “तर शुरुआती दिनमा जस्तो कोरोनाको आतङ्क अहिले छैन ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies