


विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन


-
-
भदौ २४ गते, २०७७ - १३:४७

रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।
कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे। “कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन”, मन्त्री पुनले भने । यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए। उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायत विषयमा सरोकारवालासँग परामर्श गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
काठमाडाै । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...

प्रतिकृया लेख्नुहोस्:
- अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
- संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
- नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
- यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
- रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
- अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
- बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
- संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन