


बिपी जयन्तीमा पिसीआर प्रयोगशाला उद्घाटन, १३औँ चिनियाँ चिकित्सक टोलीलाई स्वागत


-
-
भदौ २४ गते, २०७७ - १३:४४

चितवनं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उनको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।
सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गरे । सो अवसरमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिए। अस्पतालले पिसीआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उनकोे भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ ।
समयमा पिसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।
चिनियाँ चिकित्सक टोलीलाई स्वागत
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३औँ चिनियाँ चिकित्सक टोलीलाई आज स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमितरूपमा १५ विशेषज्ञ चिकित्सकसहित १७ जनाको टोली पठाउँदै आएको छ । विगत तीन वर्षयता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।
यसअघिको डा लुलीको नेतृत्वमा रहेको टोलीलाई आजै बिदाइ गरिएको छ । डा वी मूत्ररोग विशेषज्ञ छन् । उनीसँगै नाक, कान, घाँटी, रक्त क्यान्सर, स्तन क्यान्सर, पेट रोग विशेषज्ञ, प्याथोलोजी, अकुपञ्चर, रेडियो थेरापी, एनेस्थेसिया, थोरापित र दन्त चिकित्साका १५ विशेषज्ञ रहेका छन् । एक दोभासे र एक भान्से रहेको गौतमले जानकारी दिनुभयो । उहाँहरुलाई अस्पतालका अध्यक्ष लामिछाने, कार्यकारी निर्देशक गौतम, सञ्चालक समिति सदस्य ठाकुरसहित विभागीय प्रमुखहरुले स्वागत गरेका थिए । सन् १९९८ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । अस्पताल सञ्चालन भएदेखि नै चिनियाँ चिकित्सक टोलीले अस्पतालमा सेवा दिँदै आएको छ । उनीहरुको आवासीयबाहेकको सबै खर्च चीन सरकारले नै व्यहोर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रवीण थापामगरको हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक...अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका...देशका विभिन्न १४ शहरमा वल्र्डलिङ्कले डेटा सेन्टर बनाउने
काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न...प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र...अबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुन्छ र नेपाली जनता विजयी हुनेछन् : प्रचण्ड
बुटवल । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको अबको केही महिनाभित्रै...प्रचण्डलाई चितवनमा चुनाव हामीले जिताएको हो : प्रधानमन्त्री ओलीे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव आफुहरुले जिताएको...ओलीले गल्ती स्वीकारेमा एकता सम्भव छ : योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट...लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । ।...ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी
काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई...निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगले...

प्रतिकृया लेख्नुहोस्:
- अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
- ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी
- फरार प्रतिवादी पक्राउ
- प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह