


नदीजन्य पदार्थ उत्खनन र अवैध ओसारपसारमा संलग्न टिपर नियन्त्रणमा


-
-
भदौ २४ गते, २०७७ - १०:४१

नुवाकोट । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ ।
बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म ९तीन महिना० नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् । लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई स्काभेटर, १३ टिपर, दुई आइचर र दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । यो आवमा रु चार लाख १५ हजार जरिवाना असुल भइसकेको प्रहरीले जनाएको छ ।
गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट रु १७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको...आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ
डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित...न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...
