Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विदेशबाट दैनिक १४ सय यात्रु ल्याउन प्रस्ताव, ८ उडान हुने

काठमाडौं । विदेशबाट आउने यात्रुको संख्या ८ सयबाट १४ सय बनाउन मन्त्रिपरिषद्मा सिफारिस भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - काेभिड–१९ नियन्त्रण गर्न सरकारले बनाएको उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सुझाबअनुसार यस्तो प्रस्ताव गरिएको छ । यता परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले भने २ हजार पुर्‍याउन प्रस्ताव गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पनि पिसिआर रिपोर्ट लिएर आउन दिनुपर्ने तथा विदेशी पर्यटकलाई खुला गर्नुपर्ने भन्दै पर्यटन मन्त्रालयले सिसिएमसीमा प्रस्ताव गरेको थियो । तर, तत्काल १४ सय ल्याउने र बिस्तारै कोटा थप्दै व्यवस्थापन गर्ने निर्णय सिसिएमसीले गरेको पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गरेका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

सरकारले गत १७ भदौदेखि अन्तर्राष्ट्रियतर्फको नियमित उडान खुला गरेको थियो । अहिले ८ सय कोटा तोकिएको भए पनि सेड्युलमा ५ सयकै संख्या मात्रै राखिएको छ । जसका कारण आउन चाहने हजारौँ नेपालीहरू विदेशमा अड्किएका छन् ।

अहिले दैनिक ४ वटा मात्रै उडान भइरहेको छ । १४ सय कोटा हुँदा दैनिक नियमिततर्फ ५ र उद्धारतर्फ ३ उडान गर्ने पर्यटन मन्त्रालयले सेड्युल तयार पारेको छ । नेपाल पर्यटन बोर्डले पनि दैनिक २५ सयभन्दा बढीलाई आउन दिनुपर्ने, पर्यटकलाई पनि खुला गर्नुपर्ने तथा एनआरएनएलाई पनि खुलाएर जानुपर्ने पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

इत्तेहादलाई निःशुल्क टिकटमा नेपाली ल्याउन अझै अनुमति दिइएन

इत्तेहाद एयरलाइन्सले ११ सय नेपालीलाई निःशुल्क उडानमार्फत ल्याउने अनुमति अझै पाएको छैन । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो ।

सेप्टेम्बर ४ देखि १८ सम्म ८ वटा उडान गरेर १ हजार १ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको छ । गत भदौ १४ गते मन्त्रालयमा दूतावासले निवेदन दिएको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन ।

इत्तेहादको प्रस्तावमा अनुमति दिनका लागि अहिले कोटाले गर्दा रोकिएको सहसचिव सुरेश आचार्यले बताए । पर्यटनले १४ सयजनालाई अनुमति दिनुपर्ने गरी प्रस्ताव गरेको, तर मन्त्रिपरिषद्बाट निर्णय नआएसम्म उडान संख्या थप्न समस्या हुने भएकाले इत्तेहादको प्रस्ताव अगाडि नबढेको आचार्यले बताए ।

सिसिएमसीले जारी गरेको नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणको रिपोर्टसमेत निःशुल्क गराएर ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर उडान गर्ने प्रस्ताव गरेको छ । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने उल्लेख गरेको छ ।

युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदारबाहेक अरू कुनै पनि यात्रुलाई नल्याउने प्रस्तावमा उल्लेख गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies