Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

काठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।

मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप आठ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, बाग्लुङका १० र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १–१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रूपन्देहीमा २१ र रोल्पाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा एक र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा मंगलबार ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ । काठमाडौंमा ६ हजार २ सय १७, ललितपुरका ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ संक्रमित पुगेका छन् ।

हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ७ लाख ८८ हजार १ सय ७४ पटक कोरोना परीक्षण गरिएको छ । देशभर ५ हजार ३ सय १० जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये २३ जना भेन्टिलेटर र १ सय २१ जना आइसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies