Khabar Dabali Logo
  January 27, Wed

नेपाली काँग्रेसले बिपी जयन्ती विशेषरुपमा मनाउने

काठमाडौं । नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेषरुपमा मनाउने भएको छ । काँग्रेसले यही भदौ २४ गते तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ ।

कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्न सूचित गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्ने ‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ । यसैगरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरु वक्ता रहेको काँग्रेसले जनाएको छ ।

भदौ २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहनुभएको छ । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज ९(ाबअभदययप।अयmर लभउबष्अियलनचभककजत्रर० बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।
–––

भदौ २३ गते, २०७७ - १७:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...   

सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...   
इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?

काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...   
माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...   

भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...   
प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा...   

दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरु केपी शर्मा ओली...   

सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च...   
यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)

यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top