Khabar Dabali Logo
  January 20, Wed

यस्तो बन्दैछ उपत्यकामा निषेधाज्ञाको मोडालिटी !

एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने लगायतका माेडालिटीमा छलफल भइरहेको छ । त्यस्तै, उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिने ।

काठमाडौं । उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ ।

अझै संक्रमण नियन्त्रणमा नआएकाले उपत्यका पूर्ण रुपमा खुला गर्न नहुने तर हालकै अवस्थामा निरन्तरता दिँदा जनस्तरबाट विरोध हुनसक्ने भन्दै निषेधाज्ञालाई खुकुलो बनाउने तयारीमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी छन् ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । त्यसबारेमा आज छलफल हुने र भोलि मात्रै निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने लगायतका माेडालिटीमा छलफल भइरहेको छ । त्यस्तै, उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने विषयमा पनि छलफल भइरहेको छ ।

पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । सरकारमाथि निधेषाज्ञा खुुकुलो गर्न दवाव बढ्दै छ ।

लगातारको लकडाउन र निषेधाज्ञाले आम जीवन कष्टकर बन्दै गएको छ । सरकारले एकातिर कोरोना रोकथाममा प्रभावकारी काम गर्न नसकेको र अर्कोतिर निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको टिप्पणी बढ्दै गएको छ ।

भदौ २३ गते, २०७७ - १६:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top