


असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश


-
-
भदौ २३ गते, २०७७ - १२:३८

लन्डन । बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उनका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् ।
अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ ।
हाल बेलायतमा प्रहरी हिरासतमा रहेका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ ।
असान्जमाथि अमेरिकामा गुप्तचर सम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उनीमाथि १७५ वर्षको जेलसजाय हुनेछ ।
असान्जका वकीलहरुले उनीमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उनलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् ।
कोरोनाभाइरस महामारीका कारण अदालतको सुनुवाई महिनौंदेखि रोकिएको छ ।
बेलायती कारागारमा १६ महिना बिताइसक्नु भएका असान्जलाई सुनुवाईका क्रममा ओल्ड बेली फौजदारी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उहाँले अमेरिकी सुपुर्दगीको मागलाई अस्वीकार गर्नु भएको थियो । असान्जका वकीलहरुले उहाँ शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेको जिकिर गरेका थिए ।
अमेरिकी अधिकारीहरुले असान्जले अमेरिकी सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई प्रयोग गरेर पेन्टागनको कम्प्युटर ह्याक गरेको दाबी गरेका छन् ।
असान्जका वकीलहरुले अमेरिकी संविधानको “प्रथम संशोधन” का आधारमा उहाँलाई संरक्षण प्राप्त हुनुपर्ने जिकिर गरेका छन् । उनीहरुको भनाईमा विकिलिक्समार्फत सार्वजनिक दस्तावेजले अमेरिकी सैनिकका गलत कार्यहरुको भण्डाफोर गरेको थियो ।
विकिलिक्सले सार्वजनिक गरेको फाइलमध्ये सन् २००७ को एउटा भिडियो पनि समावेश छ जसमा बग्दादमा अमेरिकी सेनाले अपाचे हेलिकप्टरबाट गरेको आक्रमणबाट दुई जना रोयटर्सका पत्रकार समेत ११ जना निर्दोश व्यक्तिको मृत्यु भएको देखिएको छ ।
पत्रकारहरुका संघसंस्था एवं मानव अधिकार समूहहरुले सुपुर्दगीको अनुरोधलाई अस्वीकार गर्न बेलायत सरकार समक्ष आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले अमेरिकी अधिकारीहरुका नकारात्मक अभियानबाट असान्जलाई प्रताडित गर्न खोजिएको बताएको छ ।
न्यायाधीशले अक्टोबरको शुरुमै फैसला सुनाउने सम्भावना छ । तर मुद्दा हार्ने पक्षले पुनरावेदन गर्न पाउने भएकाले पनि यो मुद्दा अझै केही समय लम्बिने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ
लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको...६ महिनाको अवधिमा १८ अर्ब ३ करोड राजस्व सङ्कलन
विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन...अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...
