Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

करिब १२ लाख बराबरको को ट्राउट माछा नष्ट

बागलुङ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो ।

“बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे”, फार्मका सञ्चालक पदम खत्रीले बताए, “झण्डै रु १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।” उनका अनुसार गत चैतयता ९०० केजी जति माछा त्यसै खेर गयो ।

दुई पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् । बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताए ।

कोरोना सङ्क्रमणको जोखिम शुरु भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरु भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटलररेष्टुराँबाट माछाको माग आउँथ्यो । फार्मकै आडमा घरवास ९होमस्टे० पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो ।

फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेष्टुराँसमेत चलाएका छन् । माछापालनमा खत्रीसँगै, प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला–४ का अध्यक्ष जीतबहादुर खत्री र व्यवसायी सुवास राजभण्डारीको लगानी छ । जीतबहादुर र पदम बाबुछोरा छन् । पदम सत्तारुढ नेकपा ताराखोलाको अध्यक्षसमेत छन् ।

चार जना मिलेर दुई वर्षअघि शुरु गरेको फार्ममा रु एक करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताए । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा एक लाखभन्दा बढी भुरा अट्ने क्षमता छ । यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालक राजभण्डारीको भनाइ छ ।

फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् । बिक्रीका लागि योग्य माछा एक हजार २०० किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकहरुमा छ । “उद्योग, व्यवसायमा यस्तो चुनौती आउँछ”, सञ्चालक राजभण्डारीले भने, “कहिले घाटा, कहिले नाफा भइ नै हाल्छ ।” शुरुमा नुवाकोटबाट भुरा ल्याएर ट्राउटपालन शुरु गरिएको थियो ।

बेच्न योग्य हुँदा तीन वटा माछाको तौल एक किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरु गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । माछापालनसँगै स्थानीय जातको कुखुरा पाल्न पनि शुरु गरिएको छ । फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies