Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित २ जना पक्राउ

धनुषा । सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो।नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ सोनरपट्टीमा जाँच गर्ने क्रममा दुईवटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने रु १० लाख ६२ हजार बराबरको चाँदी जस्तो देखिने सेतो रङको धातु अन्दाजी ५० किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । सामानसहित पक्राउ गरिएका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताए ।

त्यसैगरी भारतबाट अवैधरूपमा तस्करी गरी ल्याइएका सामान पनि धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा मारेर भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो ।

नदाफले तस्करी गरी ल्याएका सामान गाई गोठमा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो । नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका तयारी कपडा र एक पोका चप्पल गरी करिब रु दुई लाख १३ हजार ४०० को सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले जानकारी दिए । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies