Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोनाको सबैभन्दा ठूलो जोखिममा प्रहरी, २,३२० जनामा संक्रमण पुष्टि

काठमाडौं । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ ।

अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ ।

यसैगरी, गोंगबु क्षेत्रमा दुई साताअघि भएको छुरा प्रहारको घटनामा पक्राउ परेका एक व्यक्तिलाई संक्रमण देखिएपछि गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा खटिएका महराजगन्ज प्रहरी वृत्तका ३९ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको कर्तव्य नै आफू जोखिममा परेर पनि देश र जनताका पक्षमा सावधानी अपनाएर खटिनुरहेको बताए ।

‘अहिलेको अवस्थामा संक्रमणको जोखिम प्रहरी संगठनमा बढी छ । गाडी, बाटो, भीड, दुर्घटना तथा रेस्क्युमा पहिले प्रहरी नै पुग्नुपर्छ, त्यहाँ संक्रमण कसलाई छ या छैन, हेरिँदैन । पहिले काममा ध्यान दिइन्छ, त्यो कर्तव्य हाम्रो हो,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने । उनले सकेसम्म सुरक्षा सावधानी अपनाएरै प्रहरीलाई भीड नियन्त्रणका लागि परिचालन गर्ने गरिएको समेत बताए ।

विभिन्न स्थानमा हुने सभा सम्मेलन, आन्दोलन तथा सुरक्षाका लागि भन्दै प्रहरी पठाउँदा एउटै गाडीमा धेरै संख्यामा प्रहरी कोचेर पठाउँदा समेत प्रहरीमा जोखिम देखिने गरेको छ । यसरी खटिएका प्रहरीले नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिलाई आफू चढेकै गाडीमा ल्याउनुपर्छ ।

यसैगरी, थुनामा रहेका थुनुवा तथा विभिन्न घटनाका आरोपितलाई अदालत तथा अस्पताल लैजाँदासमेत प्रहरीमाथि जोखिम रहने गरेको छ । अदालतमा लैजाँदा भने हाल पीसीआर परीक्षण गराएर मात्रै लगिने गरिएको छ । यसैगरी, थुनामा रहेका थुनुवालाई संक्रमण देखिए अन्य थुनुवाबाट अलग गरेर आइसोलेसनमा छुट्टै राख्ने गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबारसम्ममा नेपाल प्रहरीका २ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ । गत जेठमा सुरुमा एक प्रहरी जवानमा संक्रमण देखिएको थियो । तथ्यांकअनुसार कुल संक्रमितमध्ये ९ सय ७४ जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको र १ हजार ३ सय ४६ जना उपचारकै क्रममा रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।

जसअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी ६ सय ६४ जना संक्रमित छन् । त्यसमध्ये ५ सय ५८ जना अझै उपचाररत छन् । प्रधान कार्यालयमा मात्रै हलसम्म ३ सय ८९ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ३ सय ८ जना उपचारपछि घर फर्किएका र ८१ जनाको उपचार जारी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies