Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

सरकारले निर्णयमा ढिलाइ गरे हिमाली क्षेत्रमा परीक्षा सञ्चालन गर्न कठिन

काठमाडौं । कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ ।

त्यस बाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।

अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकिने सुझाब पनि दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

तर, अवस्था कहिले सामान्य हुन्छ भन्ने यकिन नभएका कारण प्रतिवेदनले अन्य विकल्पलाई प्राथमिकता दिएको हो । ‘बोर्ड बैठकले कुन विकल्पलाई प्राथमिकता दिने भन्ने तय गरेर शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउँछौँ,’ प्रा.डा. पौडेलले भने, ‘हामीले प्रस्ताव गर्ने हो, सरकारले गर्ने निर्णयअनुसार परीक्षा व्यवस्थापन गर्न तयार छौँ ।’

कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ ।

यस्तै, विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र पठाउने र घरमै बसेर उत्तर लेखेपछि उत्तरपुस्तिका विद्यालयमा बुझाउने ओपन बुक प्रणाली प्रस्ताव गरिएको छ । अनलाइनबाटै प्रश्न पठाएर विद्यालयबाट परीक्षा लिन अर्को सुझाब दिइएको छ ।

विद्यालयमै परीक्षा लिँदा भिड हुने भएकाले यो विकल्पमा सरोकारवालाहरू एकमत देखिएका छैनन् । धेरै विद्यार्थीसँग इन्टरनेट सुविधा नभएको, भएकाहरूसँग पनि गुणस्तरीय सेवा नभएका कारण अनलाइन प्रणालीको परीक्षालाई त्यति धेरै प्राथमिकता दिइएको छैन ।

कोरोना भाइरसका कारण स्थगित एसइईको नतिजा आन्तरिक मूल्यांकन विधिबाट प्रकाशन गरिसकिएको छ । कक्षा–११ को परीक्षा पनि विद्यालयले आन्तरिक परीक्षा लिएर ग्रेडसिट दिने निर्णय भइसकेको छ ।

कक्षा–१२ को परीक्षा भने पाँच महिनापछि धकेलिँदा पनि विकल्पमा कुनै निर्णय भएको छैन । कक्षा–११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । तीमध्ये कक्षा–१२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् ।

तीन चरणमा परीक्षा
कक्षा–१२ को परीक्षाका लागि तीनवटा चरण प्रस्ताव गर्दै छ । पहिलो चरणमा हिमाली जिल्ला र ५० भन्दा कम विद्यार्थी भएका विद्यालयमा परीक्षा गर्न सकिने प्रस्ताव छ । सरकारले छिटो स्वीकृति दिएमा दसैँअघि नै पहिलो चरणको परीक्षा लिन सकिने बोर्डका अध्यक्ष पौडेलले बताए ।

दोस्रो चरणमा ‘एल्लो जोन’मा परेका दुई सयभन्दा कम कोरोना संक्रमित भएका जिल्ला र एक सयदेखि दुई सय विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न सकिने प्रस्ताव छ । यस्तै, तेस्रो चरणमा दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालय पर्नेछन् । त्यस्ता विद्यालयको संख्या कम छ । प्रश्नपत्र, उत्तरपुस्तिका तयारी अवस्थामै रहेकाले पहिलो चरणको परीक्षा सञ्चालन गर्न कठिन नरहेको पदाधिकारीको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies