सिराहा । सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् ।
मारुती सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योगविरुद्ध प्रदर्शन गरेका हुन् ।
‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सयौँको सङ्ख्यामा ओर्लिएका प्रदर्शनकारीले उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयवासीको आरोप छ ।
जग्गा अतिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदूषित धुवाँले आसपासका बस्ती पनि जोखिममा परेको स्थानीयवासी चिरञ्जीवी यादवले बताए। उद्योग परिसरस्थित शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको स्थानीयवासीको भनाइ छ ।
मारुती सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौँ गाउँका लाखौँ जनता प्रत्यक्षरुपमा प्रभावित छन् । यहाँका स्थानीयवासीले जग्गा अतिक्रमण तथा प्रदूषण रोक्न निरन्तररुपमा आवाज उठाउँदै आएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: