Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

थला पर्ने अवस्थामा सौराहाको पर्यटन

सौरहा । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको व्यवसायीहरु बताउँछन् ।

जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र ‘सिल’ गरेको थियो । अहिले सौराहा कोरोनामुक्त भइसकेको छ । चैतको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुराँहरु बन्द भएका छन् ।

कोभिड–१९ को त्राससँगै फाट्टफुट्ट मात्र अन्तरिक पर्यटक आउने गरेका थिए । बेमौसम९अफसिजन०को समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरु निराश बनेका छन् । सौराहामा असारदेखि असोजसम्मको समय अफसिजनका रूपमा लिइन्छ । व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन् ।

पर्यटन व्यवसायी टीका गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताए । पर्यटक नभएपछि अहिले सबैजसो होटल तथा रेष्टुराँहरुमा ताला लागेको उनको भनाइ छ । बैंकको ब्याज तिर्न नसक्दा ठूलो मर्का परेको छ, उनले भने,“राज्यले ब्याजमा छुट हुने भने पनि त्यसो भएन । कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो ।”

बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहनुभएका व्यवसायी नगेन्द्र चापागार्इंको पीडा पनि उस्तै छ । उनी अहिले एक पटक दुई हजार जना अटाउने सभाहल निर्माण गर्दै छन् । सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उनलाई बैंकको ब्याज भएको छ । पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उनले बताए । “यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ”, उनले भने, “कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ । कतिपय व्यवसायी साथीहरु होटल बिक्री गर्नेसम्म पुगेका छन् ।”

अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताए । सरकारले ब्याजमा छुट गर्न बैंकहरुलाई आह्वान गरेसँगै चैत, वैशाख र जेठ महिनामा दुई प्रतिशत छुट पाएको उनको भनाइ छ । असारदेखि बैंकहरुले कुनै छुट नदिएपछि व्यवसाय थप धराशीय बनेको बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताए । “अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ”, उनले भने, “न साँवा फिर्ता गर्न सक्छौँ, न त ब्याज नै । होटल खोलेर मात्रै पनि भएन । अहिले पर्यटक आउने सम्भावना नै छैन ।”

विद्युत्को महसुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उहाँ बताउनुहुन्छ । विद्युत् महसुल बुझाउन नसकेपछि विद्युत् प्राधिकरणले लाइन काट्न शुरु गरेको उनको भनाइ छ । थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उनले बताए । नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies