


‘कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने’


-
-
भदौ २२ गते, २०७७ - १५:३६

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताएका छन्। सत्रौँ निजामती सेवा दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले अनुशासन, आचरणमा स्वच्छता एवं पारदर्शीता, व्यवहारमा सहजता, जिम्मेवारीप्रतिको जवाफदेहीता, कार्यसम्पादनमा सरलतासहितको निजामती सेवाले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई बोध गराउन सक्ने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पौडेलले सन्देशमार्फत स्थायी सरकारको रुपमा लिइने कर्मचारी संयन्त्रले विभिन्न कालखण्डमा आइपरेको विषम परिस्थितिमा समेत सेवा प्रवाहमार्फत राज्यको उपस्थितिलाई जनताको बीचमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सर्वविदितै रहेको बताएका छन्। देशका परिवर्तनकारी आन्दोलनमा समेत निजामती कर्मचारिले अनेकौ चुनौतीको सामना गर्दै प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान पु¥याउँदै आएको सन्देशमा मुख्यमन्त्री पौडेलले उल्लेख गरेका छन् । निजामती कर्मचारीको क्षमता अभिवृद्धि, वैज्ञानिक एवं व्यवस्थित मूल्याङ्कन पद्दति, सुशासनलगायतका पक्ष मध्यनजर गर्दै कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ” पौडेलले भनेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...
