


एक अनलाइन समाचारका वार्षिकोत्सवको खर्च ढोरपाटनका बाढी पीडितलाई


-
-
भदौ २२ गते, २०७७ - ११:२९

बागलुङ । बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि रु एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ ।
आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग सङ्कलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए । “सिङ्गो बागलुङ शोकमा डुबेको छ”, जिसीले भने, “कोरोनाको महामारीबीच वार्षिकोत्सव मनाउने खर्च बाढी पीडितलाई सहयोग गरेका हौँ ।”
यही भदौ १७ गते राति भुजी खोलाको बाढीले तटीय बस्ती बगाउँदा ठूलो जनधनको क्षति भएको थियो । बाढीमा परेर हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै वेपत्ता छन् । बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएका छन् ।
संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरि क्षेत्रकै पहिलो सञ्चार सहकारी हो । विसं २०६३ मङ्सिरमा स्थापना भएको संस्थाले हाल धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ ।
पहिलो वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरी यसमा लाग्ने खर्चबापतको रकम संस्थाका तर्फबाट र थप रकम संस्थाका परोपकारी मनबाट प्रेरित शेयर सदस्यहरुबाट सङ्कलन गरी एकद्वार प्रणलीमार्फत वितरण गर्नका लागि ढोरपाटन नगरपालिकाको खातामा जम्मा गरिने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
- जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण