Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्लाज्मा थेरापीका लागि रगत सङ्कलन अभियान शुरु

भक्तपुर । कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापी गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले कोरोना भाइरस सङ्क्रमण निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको छ ।

कोरोना सङ्क्रमण निको भएकाको रगतको प्लाज्मा गम्भीर बिरामीका लागि जीवनदान बन्नसक्ने भएपछि रेडक्रसले सङ्क्रमण भएर निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए । कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अहिलका अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर सङ्क्रमितका लागि जीवनदान हुने भएपछि प्लाज्मा थेरापीका लागि रगतको माग आउन थालेको उनले बताए ।

पहिलो पटक शनिबार सङ्कलन गरिएको रगतको प्लाज्मा पाटन अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितलाई उपलब्ध गराइएको छ । आज पनि ए पोजेटिभ रक्त समूहका अर्का एक व्यक्तिको रगत सङ्कलन गरेर बयोधा अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितका लागि प्लाज्मा बनाएर पठाउने तयारी गरिएको उनले बताए ।

प्लाज्मा थेरापीका लागि रगत दिने व्यक्तिलाई घरसम्मै रेडक्रसले सवारीसाधन लिएर लिन जाने र भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र ९ब्लड बैंक० मा रगत सङ्कलन गरी प्लाज्मा छुट्याएर उपलब्ध गराउने गरिएको छ । रेडक्रसले कोरोना सङ्क्रमण निको भएका व्यक्ति र परिवारको सहमतिमा रगत सङ्कलन गर्ने गरेको छ । शनिबारसम्म भक्तपुरका १०२ सङ्क्रमित कोरोना निको भएर फर्किएका छन् । सोमध्ये प्लाज्मा थेरापीका लागि रगत सङ्कलन गर्न भक्तपुरका ६१ जना कोरोना सङ्क्रमण निको भएकालाई सम्पर्क गरेर सूचीमा राखिएको सभापति थापाले जानकारी दिए ।

सभापति थापाले भने, “कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना निको भएको १५ दिन पूरा भएकाको रगतमा रोग प्रतिरोधी क्षमता विकास भइसक्छ, उनीहरुको रगतमा भएको प्लाज्मा अर्को सङ्क्रमित व्यक्तिलाई प्रदान गर्दा गम्भीर अवस्थामा पुगेका सङ्क्रमित बिरामी छिटो निको हुन्छन्, त्यसको प्रयोगसमेत गरेको र सङ्क्रमित बिरामीका परिवारले प्लाज्माका लागि अनुरोध गर्न थालेपछि यो अभियान शुरु गरेका हौँ ।”

निको भएका सङ्क्रमित र उनीहरुको परिवारलाई मनोपरार्श दिएर जीवनदानमा अग्रसर रहन प्रेरणा दिनुपर्ने आवश्यकता रहेको सभापति थापाको भनाइ छ । रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने दातालाई रक्तदानपछि पौष्टिक आहार प्रदान गर्ने तयारी गरेको छ । रेडक्रसमा दैनिक चारदेखि पाँच जना कोरोना सङ्क्रमितका परिवार र आफन्तले प्लाज्मा थेरापीको लागि रगत उपलब्ध गराइदिन सम्पर्क गर्ने गरेका छन् ।

निको भएका व्यक्ति र परिवारलाई उसको एक पिन्ट रगतले अर्को सङ्क्रमितको ज्यान बचाउन उपयोगी हुने तथा एक पिन्ट झिक्दा उसको स्वास्थ्यमा कुनै असर गर्दैन भनेर विश्वस्त पार्न सके प्लाज्मा थेरापीका लागि रगतको अभाव नहुने रेडक्रमको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies