


जर्मनीका विदेशमन्त्रीद्वारा रूसमाथि प्रतिबन्धको चेतावनी


-
-
भदौ २१ गते, २०७७ - १५:३५

बर्लिन । युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’ बारे छिट्टै स्पष्टीकरण नदिए रूसविरूद्ध प्रतिबन्ध लगाउने जर्मन विदेशमन्त्री हेइको मासले आइतबार जर्मनीको दैनिक पत्रिका बाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिएका हुन् ।
रूसी विपक्षी नेता र भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नी गत महिना मस्कोका लागि भएको उडानमा बिरामी परेपछि विमानलाई आकस्मिक अवतरण गराई रूसकै साइबेरियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो । पछि परिवारको अनुरोधमा नाभाल्नीलाई वेशोस अवस्थामा बर्लिन लगिएको थियो ।
सोभियत युगको ‘नर्भ एजेन्ट’ नोविचोकको प्रयोग गरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचकलार्ई विष दिएकोे ‘अपुष्ट प्रमाण’ भेटिएको जर्मनीले गत साता बताएको थियो ।
“हामी रूसी सरकारले यो गम्भीर अपराधको समाधान गर्नेमा उच्च अपेक्षा राख्छौं,“ मासले भने । “यदि रूस सरकारले यस हमलासँग केही गर्नुपर्दैन भने यस तथ्यलाई समर्थन गर्नु उसको आफ्नै हितमा हुनेछ ।”
यदि रूसले ‘आउँदो दिनमा’ के भयो भनेर स्पष्ट गर्न मद्दत गरेन भने जर्मनीले ‘आफ्ना सहयोगीहरु’सँगको प्रतिक्रियाको बारेमा छलफल गर्न बाध्य हुनेछ,” मासले रूसविरूद्ध चेतावनीपूर्ण भाषामा भने ।
उनले थपे, “नाभाल्नीविरूद्धको अपराध भनेको अन्तर्राष्ट्रिय रसायनिक हतियार सम्मेलनको उल्लङ्घन हो र यसको उचित प्रतिक्रिया हुनुपर्दछ । जब हामी प्रतिबन्धहरूको बारेमा सोच्छौं त्यसलाई सकेसम्म यस विषयसँग लक्षित गरिनुपर्दछ ।”
पश्चिमी नेताहरू र नाभाल्नीको सहयोगीहरूले रूसी भूमिमा एक उच्च प्रोफाइलका विपक्षी नेताविरूद्ध रासायनिक हतियारको पहिलो प्रयोग भएको दावी गरेका छन् ।
क्रेमलिनले उक्त आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ साथै विदेश मन्त्री सेर्गेई लाभरोभले जर्मनीले मस्कोका अभियोजनकर्ताहरुलाई यस विषयमा पत्ता लागेका कुनै पनि कुरा जानकारी नगराएको बताए ।
विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नाभल्नी मुद्दाको छानबिन गर्न जर्मनीले अवरोध सिर्जना गरेको उल्टो आरोप लगाएका छन् । ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...
