Khabar Dabali Logo
  January 24, Sun

३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार

दैलेख । कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नु परेको छ ।

विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाबिँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिनुभयो । मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ ।

तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन । जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायत कामका लागि गत वर्षदेखि शुरुआत गरिए पनि अहिलेसम्म कुनै काम हुन नसकेको हो ।

सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युत्को पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ ।

भदौ २१ गते, २०७७ - १५:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको...   

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चिन । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका...   

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   

कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित

काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका...   

पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको मृत्यु

बैतडी । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित...   

स्वस्थानी व्रतकथा बिहीबारदेखि : यसवर्ष मेलामा नयाँ नियम

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको...   

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न, प्रधानन्यायाधीशले भने– बजारका कुरामा नजानुस्

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा...   

यसबर्ष हिउँ नपरेपछि चिन्तामा किसान

मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा...   

उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका...   

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

झापा । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top