Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दैै कर्णाली

कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष ९आइसियू० १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या आइसियू र २६ वटा भेन्टिलेटर थपिएको छ ।

वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा हाल २० शय्या आइसियू र सात वटा भेन्टिलेटर जडान गरिएको छ । योसँगै अस्पतालमा आइसियूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पुर्याइएको छ । सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ । यसअघि आइसियू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आइसियू शय्या १० र भेन्टिलेटर छ पुुर्याइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आइसियू र भेन्टिलेटर सेवा थिएन । सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो । हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटर जडान गरिएको छ । डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ । त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताए । “स्थापनाको वर्षौंसम्म आइसियू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महिनामै ती सेवा सञ्चालन गरेका छन्,” उनले भने, “गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो ।” मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । आइसियू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरु गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा २५ शय्या आइसियू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आइसियू र छ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर, हुम्लामा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर थप गरिएको छ ।

त्यस्तै कालीकोटमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, दैलेखमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई शय्या आइसियू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई शय्या आइसियू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार शय्या आइसियू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३०४ बर्थिङ सेन्टर सञ्चालित छन् ।

यसैबीच, कर्णालीका सबै जिल्लामा सहज अक्सिजन पुुर्याइउने उद्देश्यले सुर्खेतमा ठूलो क्षमताको अक्सिज प्लान्ट शुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट शुरु गर्न थालिएको बताए । यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो । अक्सिजन प्लान्ट शुरु गर्न ठूलो क्षमताको मेसिन ल्याइएको छ । कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेका छैनन् । झण्डै रु। तीन करोडको लगानीमा अक्सिजन प्लान्ट शुरु हुन थालेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies