Khabar Dabali Logo
  January 15, Fri

डडेल्धुरामा निषेधाज्ञाको अवधि भदौ ३१ गतेसम्म थप

अमरगढी । डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । योभन्दा पहिले भदौ १२ देखि १९ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।

भदौ १९ गते राति १२ बजेदेखि जारी हुने गरी भदौ ३१ गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक, निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पासबिना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउनेजस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

उनका अनुसार जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलबाहेक अन्य सबैखाले पसलहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

भदौ २० गते, २०७७ - १७:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   

झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...   

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...   
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...   

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...   

आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top