Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् –कार्यदलको प्रतिवेदनमाथि माधव नेपालका १५ बुँदे सुझाव !

काठमाडौं । नेकपा कार्यदलले तयार पारेको पार्टी विवाद समाधान सम्बन्धी प्रस्ताव नेता माधव नेपाल ले फरक मत राखेका छन् । सचिवालयको बैठकमा नेता नेपाल ले १५ बुँदे फरक मत राखेका हुन ।

कार्यदल प्रतिवेनले टालटुले समाधानको कुरा गरेको र कतिपय विषय अमुर्त रहेको उनको टिप्पणी छ । यसैगरी कार्यदलले दिएका केही सुझाव विधान विपरित रहेको र कार्यकारी अधिकार या जिम्मेवारीका विषयमा स्पष्ट हुन नसकेको उनले बताए ।

कार्यदल प्रतिवेदनमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने’ भन्ने छ । नेपालले सरकार संचालनमा पार्टीले सुझाव मात्रै दिने हो कि निर्णय पनि गर्ने हो भनेर प्रश्न उठाएका थिए ।

कार्यदल प्रतिवेदनमा दुई अध्यक्षको कार्यविभाजन गरिएको प्रस्तावमा नेपालको असन्तुष्टि देखिएको छ । नेता नेपालले कार्यकारी अधिकारमा ‘मूलत’ भन्ने शब्दमा प्रश्न उठाएका छन् । ‘यो मूलत भनेको के हो रु प्रष्ट आउनुपर्‍यो,’ नेपालले बैठकमा भनेका थिए ।

कार्यदल प्रतिवेदनमा दुई अध्यक्षको अधिकार बाँडफाँडबारे लेखिएको छ, ‘अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रीत हुने । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने ।’

नेकपाभित्र लगातार उठेको विषय हो– एक व्यक्ति एक मुख्य जिम्मेवारी । तर, कार्यदल प्रतिवेदनले यसबारे ठोस केही भनेको छैन । जबकि यही मुद्दामा नेता नेपालले फरक मतसमेत लेखेका छन् । नेपालले बिहीबारको बैठकमा पनि त्यो मुद्दा उठाए ।

पढ्नुस नेपालले दिएका सुझाव

  1. एक व्यक्ति, एक मुख्य जिम्मेवारी : विधानको धारा ४६ को (क) यो कार्यान्वय गर्ने हो कि हैन त्यसको व्याख्या खै ? यसका बारेमा चर्चा छैन । त्यसको त्रुटि सच्चाउने कि नसच्चाउने ?
  2. सबै खालका षड्यन्त्र, दाउपेचलाई चिर्दै पार्टी एकतालाई अक्षुण राख्नुपर्छ भनेको के हो ? यसलाई स्पष्ट पार्नुपर्‍यो ।
  3. विधानको धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय भन्ने छ । त्यसको व्याख्या र पालना कसरी हुन्छ ?
  4. कार्यकारी अध्यक्षको अधिकारमा मूलत भनेको के हो ?
  5. दुई अध्यक्षबीच समन्वय गर्ने भनेर लेखिएको छ, तर कमिटीको कुरा र महत्व खै ?
  6. पार्टी संचालन र क्रियाशिलतामा के कति कारणले समस्या भयो ? विवेचना विश्लेषण नगरी विभाजन र सर्वनासतर्फ धकेलिने कुरा निरपेक्ष रुपमा प्रस्तुत भयो । त्यसलाई थप व्याख्या गर्नुपर्‍यो ।
  7. जिम्मेवारीलाई प्रभावकारी, पारदर्शी, जनविश्वास र अपेक्षाअनुसार पूरा गर्दै भन्ने प्रतिवेदनमा राखियो । यो केवल अवधिको लागि मात्रै हैन, जनताको विश्वास जित्नेकुरा प्रमुख हो, त्यो थप्नु पर्छ ।
  8. महानगर कमिटी र जिल्ला कमिटीको बराबर हैसियत भनिएको थियो । त्यसमा विवाद भयो । के गर्ने, के नगर्ने प्रष्ट पारौं ।
  9. पार्टी एकताका बाँकी काम एक महिनाभित्र गर्ने भनेर कार्यदलले पेश गरेको छ । विगतमा यसैगरी अवधि तोकेर गर्ने भनिएका पटक पटकका निर्णय किन कार्यान्वय भएनन् ? कारणसहित आउनुपर्‍यो ।
  10. परिभाषित कामको मूल्याङ्कनमा आधारित भएर केन्द्रीय कमिटीको कार्यविभाजनको पुनरावलोकन गर्ने भनिएको छ, त्यो अमूर्त भयो ।
  11. पार्टीको अन्तराष्ट्रिय सम्बन्धलाई पार्टी नीति तथा विधि अनुरुप संस्थागत एवम् पारदर्शी रुपमा सञ्चालन गर्ने र कूटनीतिक मान्यतासँग अमिल्दा कार्यहरु नगर्ने भनेर लेखिएको छ, त्यो भनेको के हो ?
  12. सरकार संचालनमा पार्टीको भूमिका के हो ? सुझाव दिने हो कि निर्णय गर्ने हो ? स्पष्ट हुनुपर्‍यो ।
  13. भ्रष्टाचारका बारेमा उठेका विषयहरु छानबिन गर्ने र निर्दोष नपरुण, दोषी नउम्कने वातावरण जनताले देखिने गरी कसरी गर्ने भन्ने स्पष्ट हुनु पर्‍यो ।
  14. रकारको काममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउने र बढी प्रभावकारी, लोकप्रिय बनाउने हो भने क–के उपाए छन्, त्यो स्पष्ट हुनुपर्‍यो ।
    कोरोना संक्रमितका लागि सबै अस्पताल कि खास खास अस्पताल ? अन्य बिरामीको कुन अस्पतालमा उपचार गर्ने ? कोभिडको कारणले रोजगारी गुमाएकालाई सीपमूलक तालिम, रोजगारी, ऋणसमेतको योजना खोई ?
  15. प्रतिष्ठानहरु अधिकांश गुटबन्दीको माध्यम बन्दै गएको भन्नेछ । अधिकांश हैन, खासखास मात्रै भएका छन् । ती कुन–कुन हुन ? ल्याउनु पर्‍यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies