Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

उज्यालो हुन नपाउँदै शोकमा डुब्यो ढोरपाटन

बागलुङ । बुधबार राति भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो । धेरै वस्तीहरू बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुपर्‍यो ।

ढोरपाटन नगरपालिका- ७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पुर्‍याएको छ । मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ ।

ढोरपाटन- ९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने अझै २४ वेपत्ता रहेका छन् । शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।

बिहीबार बिहानैदेखि सुरक्षा निकाय तथा स्थानीय उद्धारमा जुटिरहेका छन् । भूजी खोला आसपासका बस्ती अधिकांश बगरमा परिणत भएको स्थानीय रुपाल घर्ती मगरले जानकारी दिए । ‘कल्पना भन्दा बाहिरको बाढी आयो, रातको समयमा पहिरोले खोला थुनिएपछि तलाउँ बनेर फुटेको हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘मेरो घर भन्दा माथीका अधिकांश बस्तीनै उजाडिएको छ ।’ पहिरोका कारण ढोरपाटन- ९ सुप्राङका सुस्मिाता बिक र मशेह बिकले आफ्नो ८ जनाको परिवार गुमाउनुपरेको छ । उनीहरू अझै बेपत्ता रहेका छन् ।

यस्तै शेरु बिक, हुमे बिक, कृष्ण बिकको परिवारका सदस्यहरू खोसिएका छन् । प्रहरीको तथ्याङ्क एकीन नहुँदा झनै समस्या भएको छ । भेटिएका शव आफ्नै परिवारको भन्ने अवस्था नरहेको कृष्ण परियारले बताए । ‘कोहीको टाउको छैन, कोहीको हात खुट्टा छैन,’ उनले भने, ‘बाढीले बस्तीसँगै सबैलाई रित्तो बनायो, आफ्नै परिवार पहिचान गर्न नसक्नेगरी शव फेला परेको छ ।’

मस्त निद्रामा परेको गाउँ बिहान हुन नपाउँदै रित्तिएपछि सिंगो बागलुङ नै शोकमा डुबेको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीबल खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । ‘घटना निकै ठूलो भएका कारण उद्धार कार्यलाई निरन्तरता दिइनेछ, वेपत्ताको तथ्याङ्क एकीन नहुँदा उद्धारमा कठिनाई भए पनि निरन्तर सुरक्षा निकाए खटिएको छ ।’ उनले भने, ‘घटनास्थलमा पुग्ने सडक समेत अबरुद्ध भएका कारण थप कठिनाई भएको छ ।’

केहीले बाढी आएको सूचनाका आधारमा भागेर ज्यान बचाउन सफल भएपनि बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओच्छाउने बगाएको छ । भेटिएका शव मध्ये सात जनाको मात्रै पहिचान भएको छ । ढोरपाटन ९ बाट सुरु भएको बाढीले वडा नं ८ र ७ मा पनि ठूलो क्षति पुर्‍याएको छ । भुजीखोलामा उर्लिएर जमिन थर्कने गरी आएको चर्को आवाजले विउझिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतिक रूपमा क्षति भएपनि खोलाको तल्लो भेगमा मानवीय क्षति कम भएको ढोरपाटन- ७ का वडा अध्यक्ष दीपक थापाले जानकारी दिए ।

त्यसैगरी बाढीमा ढोरपाटन- ९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन् । उनीको शरीर र टाउकोमा चोट लागेको छ । यस्तै सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण र करिब ७० घरमा आशिंक क्षति पुर्‍याएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies