Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तथ्यांक भन्छ– संक्रमण समुदायस्तरमै विस्तार, यी हुन् उपत्यकाका ‘हटस्पट’

काठमाडौं । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ - जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ ।

उपत्यकाको पछिल्ला सात दिनको पीपीआर एक दिनबाहेक दोहोरो अंकमा छ जुन आवश्यक मापदण्डभन्दा दुई गुणा बढी हो । विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरूलाई जनजीवन सामान्य रूपमा फर्काउनु पूर्व १४ दिनसम्म पीपीआर ५ प्रतिशतभन्दा तल हुनुपर्ने सुझाव दिएको छ ।

यो संख्या बढ्नुको मतलब हामीकहाँ लक्षण देखिएर वा कुनै समस्या भएर परीक्षण गराउन पुगेकाको मात्रै परीक्षण भइरहेको छ, समुदायस्तरमा परीक्षण भएको छैन भन्ने पनि हो । एकातर्फ देशैभर संक्रमण फैलने दर उकालो लाग्दै छ भने अर्कोतर्फ कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या भदौ १४ को तथ्यांकलाई आधार मान्दा १४ दिनमा दोब्बर भएको छ ।

उपत्यकामा पछिल्लो दुई साताको तथ्यांक केलाउँदा संक्रमितहरूको संख्या दोब्बर हुने दिन घट्दै गएको छ । बिहीबारको तथ्यांकअनुसार करिब ९ दिनमा उपत्यकामा संक्रमितको संख्या दोब्बर हुने देखिन्छ । देशभर संक्रमितहरूको संख्या दोब्बर हुन लाग्ने समय पनि घट्दै गएको छ । दोब्बर हुन लाग्ने समय जति घट्दै गयो, संक्रमण उति तीव्र भइरहेको छ भन्ने बुझिन्छ ।

साउन ६ गते लकडाउन अन्त्य भएको दिन देशभर संक्रमितहरूको संख्या दोब्बर हुने दर ८२.५ थियो । जसको मतलब करिब ८२ दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ भन्ने अनुमान हो । तर, त्यो गणितीय अनुमानलाई धेरै पछि छोड्दै करिब ४० दिनमै संक्रमितको संख्या दोब्बर भयो ।

तथ्यांक विश्लेषण गर्ने अन्तर्राष्ट्रिय वेबसाइट स्टाटिस्टा डटकममा भदौ १५ मा प्रकाशित रिपोर्टमा भदौ १४ गतेको तथ्यांकअनुसार नेपालमा संक्रमितहरूको संख्या दोब्बर हुन ३४ दिन लागेको थियो । जबकि सोही रिपोर्टका अनुसार विश्वमा संक्रमितहरूको संख्या दोब्बर हुन ५० दिन लागेको देखिन्छ ।

भदौ १६ गतेसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अबको अवस्थामा संक्रमितहरूको संख्या दोब्बर हुन करिब २६ दिन लाग्न सक्छ । हाल धेरै संक्रमित देखिएका जिल्लाहरूमा निषेधाज्ञा भए पनि संक्रमित हुने क्रम घटेको छैन ।

यी सबैभन्दा पनि डरलाग्दो स्थिति मृत्युको हो । स्टाटिस्टा डटकममै भदौ १५ गते प्रकाशित अर्को एक रिपोर्टअनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भदौ १४ गतेको तथ्यांकअनुसार १४ दिनमै दोब्बर भएको देखिन्छ ।

यसरी हेर्दा नेपाल जोखिमको हिसाबले नवौं स्थानमा पर्छ । सबैभन्दा माथि बोत्सवाना रहेको छ, जहाँ ४ दिनमा मृतकको संख्या दोब्बर भएको थियो । विश्वमा मृतकको संख्या दोब्बर हुने औसत दिन ७९ छ । सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको चीनमा मृतकको संख्या दोब्बर हुन १९० दिन लागेको उक्त रिपोर्टमा उल्लेख छ ।

विज्ञ भन्छन्– अंकलाई हेरेर तयारी गरौं

जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्स विज्ञ डा. विशाल भण्डारीका अनुसार अंकहरूले देखाएको परिदृष्यलाई बदल्ने हो भने सोहीअनुरूप योजनाहरू बनाउनुपर्छ ।

‘भदौ १६ को तथ्यांकलाई विश्लेषण गर्दा संक्रमितको संख्या नेपालमा दोब्बर हुन २६ दिन लाग्ने देखिन्छ । काठमाडौं उपत्यकामा करिब ९ दिनमा यो संख्या दोब्बर हुने देखिन्छ । त्यो भनेको अहिलेको जस्तै अवस्था रह्यो भने हो,’ उनले भने, ‘तर अहिलेको अवस्थालाई परिवर्तन गर्ने गरी काम गरियो भने त्यो अनुमानमा पनि फरक पर्छ ।’

डा. भण्डारीका अनुसार अंकका आधारमा गरिने विश्लेषणले भविष्यमा आइपर्न सक्ने स्थितिको पूर्वानुमान गर्न सहयोग पुग्छ र सोहीअनुसार तयारी गरे गम्भीर अवस्थाबाट पार पाउन सकिन्छ । ‘त्यसका लागि हामीले के–के तयारी गर्नुपर्छ भनेर अहिले नै योजना बनाउनुपर्छ,’ उनले भने । उनका अनुसार संक्रमितको संख्या दोब्बर हुने दरले पूर्वतयारीका लागि केही समय प्रदान गर्नुका साथै अस्पतालहरूलाई बेड तथा अन्य आवश्यक सामग्री तयार गर्नका लागि पनि समय दिन्छ ।

यस्तै विज्ञान विषयका अध्येता दोर्जे गुरुङका अनुसार नेपालको अहिलेको अवस्था हेर्दा संक्रमण तीव्र रूपमा समुदायस्तरमा फैलिन थालेको हो कि भन्ने देखाउँछ । ‘नेपालको पीपीआर निकै माथि छ र बढ्दै गइरहेको छ, यो चिन्ताको विषय हो,’ उनले भने, ‘पीपीआरको रेटसँगै परीक्षणको दर पनि बढिरहेकाले यो थप चिन्ताको विषय बनेको छ ।’

उनका अनुसार पीपीआर मात्रै बढेको तर परीक्षणको दायरा भने एकनास रहेको भए संक्रमित नबढीकन परीक्षण नपुगेकाले हो भन्न मिल्थ्यो र परीक्षणको दर बढाउनेबित्तिकै अंक सामान्य अवस्थामा आउँछ भन्ने अनुमान लगाउन सकिन्थ्यो । तर, पीपीआर र परीक्षणको दर समान रूपले उकालो लाग्नु भनेको समुदायस्तरमा संक्रमण पुगिसकेको संकेत हो ।

यी हुन् उपत्यकाका हटस्पट
उपत्यकाको पीपीआर ११ भन्दा बढी र देशकै पीपीआर ९ को हाराहारी हुनुले समुदायमा संक्रमण रहेको मान्न सकिने जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपाने पनि बताउँछन् ।

‘यो ठोकुवा गर्न त मिल्दैन तर समुदायमा संक्रमण नभईकन यति धेरै अंक आउँदैन,’ उनले भने, ‘यसलाई थप पुष्टि गर्नका लागि कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ र परीक्षणको दर अझै बढाउनुपर्छ ।’ उनका अनुसार सबै जनाले घरबाहिर निस्किँदा मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्नेजस्ता रोकथामका आधारभूत नियम पालना गरे धेरै हदसम्म अंकगणितको भविष्यवाणीलाई पर धकेल्न सकिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले भने मुलुक र समुदायमा संक्रमण गइनसकेको बताए । ‘देशभर नै समुदायस्तरमा संक्रमण छ भन्ने अहिले देखिँदैन तर केही जिल्लामा भने समुदायस्तरमा संक्रमण फैलिएको छ भन्न सकिन्छ,’ शुक्रबार स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘हामीले छिट्टै सेरोप्रिभेलेन्स टेस्ट पनि गर्न लागेका छौं । त्यसबाट पनि अवस्था के छ भन्ने कुरा थाहा हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies