Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

आफन्त पनि, मलामी पनि

चितवन । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए । नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - शव नदेख्दासम्म उनमा अलिअलि डर थियो । अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले । जब शव नजिक पुगे तब डर र त्रास हरायो । कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो । निर्धक्क साथ उनले शवलाई प्लास्टिकले बेरेर बाहिर निकाले । त्यसपछि तोकिएको स्थानमा शव व्यवस्थापन गर्न लगे। शवलाई अन्तिम सलामी दिई गाडेर फर्किए ।

लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो । उनी पाँच वटा शव व्यवस्थापनामा सहभागी भइसकेका छन् । ‘आफन्तले सदगद गर्न पाउँदैनन्, त्यति बेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ’, उनी भन्छन्, ‘दुखद घटना भए पनि यस्तो महामारीमा जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस भयो ।’

संक्रमितका आफन्त पनि उनीहरू नै हुन्, मलामी पनि । जब शवलाई व्यवस्थापन गर्न जान्छन् त्यति बेला उनीहरू भावुक हुन्छन् । मानिसको त्यस्तो मरण जहाँ न आफन्त हुन्छन् न त मलामी । भरतपुर ब्यारेकमा कति खेर खबर आउला भनेर शव व्यवस्थापनको टोली तयारी अवस्थामा रहन्छ ।

सिरहा बन्दीपुरका ४१ वर्षका राजकुमार गुरुङ पनि पाँचवटा शव व्यवस्थापनमा सहभागी भए । ‘कोही आफन्त नहुँदा हामी नै आफन्त हौं भन्ने सोचाइ हुन्छ । त्यति बेला भावुक हुन्छौं’, उनी भन्छन्, ‘आफन्तलाई चिन्ता नगर्नुस्, हामी राम्रोसँग व्यवस्थापन गरेर आउँछौं भनेर सम्झाउँछौं ।’

गाडेको शवलाई सेनाले अन्तिम सलामी दिन्छन् । कोभिड शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार सेनाले शव व्यवस्थापन गर्दै आएको छ । ‘जुन पनि मृतकलाई आफन्तै ठान्छौं’, नरबहादुर भन्छन्, ‘नेपाली सेनाले जुनसुकै शव देखे पनि सम्मान गर्छ । त्यसैले सलामी दिएर गाड्छौं ।’

उनीहरू पीपीईसहित स्वास्थ्य सुरक्षाका सम्पूर्ण पोसाक लगाएर शव व्यवस्थापनमा खटिन्छन् । टोलीमा स्यानिटाइजर स्प्रे गर्ने एक जना हुन्छन् । आइसोलेसन कक्षसम्म स्प्रे गर्दै सेनाले शव प्लास्टिकमा बेर्छ । गणमा ‘डेड बडी म्यानेजमेन्ट टिम’ छ । टोलीले कोरोना संक्रमितको मृत्युपछि स्वास्थ्य र सुरक्षामा व्यक्तिगत सुरक्षालाई उच्च सतर्कता अपनाउँछन् ।

शव व्यवस्थापन गर्न टोली विभाजन गरिएको हुन्छ । खबर पाउनासाथ टोली परिचालन हुन्छ । तालिम प्राप्तमध्ये एकपटकमा एक जना कमान्डर र चालकसहित पाँचदेखि सात जना हुन्छन् ।

टोलीका कमान्डर सहसेनानी कौशल कार्की फरक जिम्मेवारी अनुभव भएको सुनाउँछन् । ‘बन्दुक र गोली बोक्ने हामी पीपीई लगाएर जाँदा कता कता अनौठो लाग्ने रैछ’, कार्की भन्छन्, ‘अस्पताल पुग्दा देखिने सुनसान माहोलले नरमाइलो लाग्छ । तर कर्तव्यमुखी पेसा हो भनेर चित्त बुझाएर फर्किन्छौं ।’

शव व्यवस्थापन गर्न गएको टोली १४ दिन क्वारेन्टाइनमा बस्छ । त्यसको सात दिनभित्र पीसीआर गरेपछि मात्रै ड्युटीमा खटिन्छन् ।

कालीबहादुर गणले नेपालमा महामारी हुनुअघि नै तयारी थालेको थियो। समस्या हुन सक्छ भनेर अभ्यास गरिरहेको थियो। कोभिडबाट मृत्यु भएका शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सेनाको विपद् व्यवस्थापन गण रसौलीमा करिब १ सय जनाले साढे दुई महिना तालिम लिएका थिए ।

त्यसपछि हरेक पटक ब्यारेकमा अभ्यास गर्दै आएका छन् । सुरक्षित तवरले शव व्यवस्थापनमा उनीहरू पहिल्यै अभ्यस्त थिए । जति नै अभ्यास गरे पनि पहिलो पटकको शव व्यवस्थापनमा सबै त्रसित थिए । पछि उनीहरूलाई सामान्य लाग्न थाल्यो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies