Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अर्थमन्त्रीको निरास बिदाइ : आर्थिक वृद्धिदर ६० वर्षयताकै कम

काठमाडौं । गत आर्थिक वर्ष ०७६–७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्दै आएको छ । विश्व बैंकले भने वि.सं. ०१८ सालदेखिको तथ्यांक राखेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक उपलब्ध भएदेखिको अवधिमा सबैभन्दा कमजोर आर्थिक वृद्धि गत आव ०७६–७७ मै भएको हो ।

यसअघि आव ०२३–२४, ०२७–२८ र ०२९–३० अर्थतन्त्र संकुचनमा गएको थियो । ती वर्षहरूमा क्रमशः माइनस १ दशमलव ५७, १ दशमलव ६४ र ० दशमलव ४९ प्रतिशतले अर्थतन्त्र संकुचनमा गएको विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीका कारण आव ०७२(७३ मा आर्थिक वृद्धि ० दशमलव २ प्रतिशत मात्रै भएको थियो ।

जेठको पहिलो सातासम्म लकडाउन रहने अनुमानका आधारमा विभागले २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, वृद्धिदर ऋणात्मक नै भएको छ ।

‘लकडाउनका कारण करिब चार महिना मुलुक अधिकांशतः बन्द रहँदा त्यसले मुलुकको आर्थिक गतिविधिमा गम्भीर आघात परेको छ, सोही कारण आर्थिक वृद्धि ऐतिहासिक कमजोर भएको छ,’ केन्द्रीय तथ्यांक विभाग स्रोत भन्छ । आर्थिक वर्ष सकिएको डेढ महिना बिते पनि गत वर्षको अन्तिम तथ्यांक विभागले सार्वजनिक गरेको छैन ।

कोभिडले अर्थतन्त्रमा असाधारण क्षति पुर्‍याएको छ । कोभिड सुरु हुनुअघि पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक थिएन । गत आर्थिक वर्ष सरकारले साढे आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर, त्यस आवको सुरुका तीन त्रैमासमा समेत वृद्धिदर सुस्त थियो ।

आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर पाँच दशमलव चार प्रतिशत, दोस्रो त्रैमासमा चार दशमलव दुई प्रतिशत मात्रै वृद्धिदर हासिल भएको थियो । कोभिडले प्रारम्भिक रूपमा प्रभावित तेस्रो त्रैमासमा वृद्धिदर एक प्रतिशतभन्दा पनि कम अर्थात् शून्य दशमलव आठ प्रतिशत मात्रै रहेको तथ्यांक विभागले जनाएको छ । तेस्रो त्रैमासको ११ चैतदेखि मसान्तसम्मको १९ दिन मुलुकभर लकडाउन भई आर्थिक गतिविधि शून्यप्रायः भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका अर्थशास्त्री तथा तथ्यांकशास्त्री डा. माणिक श्रेष्ठले पनि गत आर्थिक वर्षमा १ दशमलव ६ प्रतिशतले अर्थतन्त्र संकुचन हुने तथ्यांक सार्वजनिक गरेका छन् ।

विभिन्न आधिकारिक स्रोतहरूबाट लिएको गत आर्थिक वर्षको ९ देखि १२ महिनासम्मको तथ्यांक तथा कोरोनाको प्रभाव मूल्यांकनका आधारमा आफूले यो गणना गरेको डा. श्रेष्ठले बताए । ‘लकडाउनका कारण गत आवको अन्तिम त्रैमासमा आर्थिक गतिविधिमा ठूलो मात्रामा अवरोध भयो, त्यसले अर्थतन्त्रमा गम्भीर असर परेको छ,’ डा. श्रेष्ठले भने, ‘मैले अलि बढी नै आशावादी भएर यो गणना गरेको हुँ, वृद्धिदर तथ्यांक विभागले भने जस्तो माइनस २ प्रतिशत वा त्यसभन्दा पनि खराब हुन सक्छ ।’

गत आवमा खासगरी होटेल तथा रेष्टुराँ, यातायात तथा सञ्चार, निर्माण, उत्पादनलगायतका क्षेत्रमा सबैभन्दा ठूलो असर परेको डा. श्रेष्ठको आकलन छ । उनले गरेको आकलनअनुसार गत आवमा सबैभन्दा प्रभावित होटेल तथा रेष्टुराँ क्षेत्र २२ दशमलव ५६ प्रतिशतले खुम्चिएको छ ।

त्यस्तै, यातायात तथा सञ्चार क्षेत्र १३ दशमलव २५ प्रतिशत तथा व्यापार ७ दशमलव १६ प्रतिशतले माइनसमा गएका छन् । अघिल्ला आर्थिक वर्ष ०७५(७६ मा होटेल तथा रेष्टुराँको ७ दशमलव ३३, यातायात तथा सञ्चार ५ दशमलव ९० र व्यापार क्षेत्रको ११ प्रतिशतको वृद्धि भएको थियो ।

तथ्यांक विभाग उच्च स्रोतले बताएअनुसार यही असारमा सकिएको गत आर्थिक वर्षमा होटेल तथा यातायातलगायत क्षेत्र अझै बढेर २५ देखि ३० प्रतिशतसम्म संकुचित भएको हुन सक्छ । समग्रतामा उद्योग क्षेत्र ६ दशमलव २९ र सेवा क्षेत्र २ दशमलव १६ प्रतिशतले संकुचन हुने पनि डा. श्रेष्ठको आकलन छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies