Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बाढीपहिराबाट मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापन गरी राहत विवरण र मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबानको क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानलाई पहिचान गरी त्यहाँका नागरिकलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले सो विषयमा काँग्रेसले संसद्मा आवाज उठाउँदै, विभिन्न समयमा प्रेस विज्ञप्तिमार्फत एवं मौखिमरुपमा समेत सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि सरकारले यस विषयलाई गम्भीररुपमा नलिएको आरोप लगाएका छन् ।

यस वर्षको वर्षायाम शुरु भएदेखि देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका दुःखद् घटना घटिरहेका छन् । यस वर्षमा बाढी, पहिरो तथा डुबानमा परी करिब ३०० जना व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २०० जनाभन्दा बढी घाइते भएका छन् । त्यसैगरी कैयौँ व्यक्ति हालसम्म बेपत्ताको स्थितिमा छन् ।

केही दिनअघि मात्र बागलुङ र कालिकोटमा ठूलो मानवीय क्षति हुने गरी बाढी र पहिराका घटना घटेका छन् । बागलुङको ढोरपाटनमा बुधबार राति गएको बाढीमा परी करिब १५ जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते र २३ जना बेपत्ता तथा करिब ३१ घरपरिवार प्रभावित भएका छन् । यसैगरी पहिरामा परी कालिकोटको तिलागुफामा १० जनाले ज्यान गुमाउनुका साथै दुई जना घाइते र नरहरीनाथमा एक जनाको मृत्यु भएको थियो ।

काँग्रेसले बागलुङको बाढीमा परी बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन साथै कालिकोटलगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरी राहत विवरण र मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

साथै बाढी, पहिरो र डुबानमा परी घाइते हुनुभएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण जीवन गुमाउनु भएकाप्रति काँग्रेस संसदीय दलले श्रद्धाञ्जलि अर्पण गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies