Khabar Dabali Logo
  January 18, Mon

घाँटीबगर क्षेत्रमा काम गर्ने मजदूरको ढुङ्गाले लागेर मृत्यु

दार्चुला । महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।

आज बेलुकी ५ः०० बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामी गम्भीर घाइते भएका थिए । घाइते धामीलाई साढे ७ः०० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइए पनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

अध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताए । राति भएका कारण जिल्ला अस्पताल पुर्याइएको थियो । नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्ययाक खोल्न बाँकी छ । कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । बाटो खोलेपछि यो क्षेत्रमा व्यासका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

भदौ १९ गते, २०७७ - २०:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाका लागि सहुलियत दरमा हवाई उडान शुरु

हुम्लाका लागि सहुलियत दरमा हवाई उडान शुरु

हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले...   

दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको निधन

झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार...   

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन...   

नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण

भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।...   

सिमकोटमा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न...   

हनुमाननगरमा आगलागीबाट चार घर जलेर नष्ट, करिव २० लाख भन्दा बढीको क्षति

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट...   

दूषित पानी भेटेपछि नेपा मिनेरल वाटर प्रालि विरुद्ध अदालतमा मुद्दा दायर

गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण...   

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको...   

पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय...   

अवैधरूपमा काठ ओसारपसारमा संलग्न ७ जना पक्राउ

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top