Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

श्रमजीवी पत्रकारको पेशागत सङ्कटबारे प्रेस सङ्गठनको ध्यानाकर्षण

काठमाडाै‌ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा दिनरात नभनी कार्यस्थलमा पुगेर सूचना प्रवाहमा निरन्तर खटिइरहेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षा सङ्कटमा पर्दै गएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो कमिटीले आज विज्ञप्ति जारी गरी महामारीका कारण समाजका सबै क्षेत्र आर्थिकरुपमा प्रभावित भएका बेला सञ्चारगृह अछुतो नसक्ने भएपनि पत्रकार तथा कर्मचारीलाई यही बहानामा रोजगारीको हक कुण्ठित हुने गरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दबाब दिने, दरबन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलब र पारिश्रमिक समयमा नदिने प्रवृत्ति बढिरहेको जनाएको हो ।

ठूला र व्यावसायिक भनिने विभिन्न सञ्चारगृहमा नै यस्तो समस्या देखिनु चिन्ताजनक भन्दै सो कमिटीले त्यस्ता सञ्चारगृहका प्रभावित र पीडित पत्रकार, कर्मचारी तथा स्वयम् मिडिया हाउसकै हकहितका लागि वार्ता र संवादका माध्यमबाट चाँडो समस्याको समाधान आग्रह गरेको छ । कमिटीका संयोजक नवराज दाहाल र सहसंयोजक प्रकाश सिलवालद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घ र विभिन्न सञ्चार माध्यममा पीडित पत्रकारले स्वतःस्फूर्तरुपमा सञ्चालन गरेका दबाबमूलक कार्यक्रमप्रति समर्थन र ऐक्यबद्धता व्यक्त भएको जनाएको छ ।

साथै नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा कोभिड– १९ पछि सञ्चार क्षेत्रमा परेको समग्र असरबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेकामा त्यसलाई सकारात्मकरुपमा लिँदै उक्त समितिले पत्रकारिताका पेशागत सङ्गठन र सम्बन्धित पक्षसँगको परामर्शमा यथाशीघ्र सुझाव प्रतिवेदन दिई सरकारबाट उचित कदम र कार्यान्वयनका लागि पहल गराउने अपेक्षा विज्ञप्तिमा गरिएको छ ।

कोभिड–१९ का कारणा साना लगानीका र स्वरोजगारमूलक मिडियामा परेको गम्भीर असरलाई ध्यान दिँदै यसको रक्षा र विकासका लागि आवश्यक पहल लिनसमेत सरकारसँग माग गर्दै अग्रभागमा रहेर कार्यरत श्रमजीवी पत्रकार जोखिममा रहेकाले पत्रकारलाई सावधानीका स्वास्थ्य परीक्षण र सामग्री निःशुल्क उपलब्ध गराउन माग गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies