


गृहमन्त्री थापाद्वारा ढोरपाटनका बाढी प्रभावितलाई राहत, जनताको दुःखमा सरकारले साथ दिने आश्वासन


-
-
भदौ १९ गते, २०७७ - १५:१५

काठमाडाै । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।
गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।
राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएको सासंद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ऽ
गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन् । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको सांसद् पौडेलले बताए । उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए। उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।
ढोरपाटन नगरपालिकालगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो । आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।
बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
prachanda-nepal काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा...सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
- सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह