Khabar Dabali Logo
  January 20, Wed

कांग्रेस महाधिवेशन अन्योलमा, गगन थपा भन्छन्, ‘आवश्यक तयारी नै भएन’

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन् । तर महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच जुहारी सुरु भइसकेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – यसअघि दुई पटक संशोधन भइसकेको महाधिवेशन कार्यतालिका फेरि कोरोनाकै कारण प्रभावित बनेको छ । महाधिवेशनका लागि गर्नुपर्ने प्रारम्भिक कार्य संघीयताअनुसार संगठन समायोजन अधुरै छ । क्रियाशील सदस्यता वितरणको काम सुरु भएकै छैन ।

‘महामारीको स्वरूप कस्तो हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । १५ वटा जिल्लामा समायोजनको काम नसकिँदा उनीहरूले क्रियाशील सदस्यता प्राप्त गरेका छैनन्’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘बाँकी जिल्लामा पनि ५० प्रतिशत मात्रै क्रियाशील सदस्यता पुगेको छ ।’

कार्यतालिका फेर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता पौडेलले महाधिवेशन फागुन ७ मा हुन नसक्ने स्पष्ट पारे । ‘महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कम छ, यो यथार्थलाई स्वीकार गर्दै नयाँ मिति तय गर्नेबारे अगाडि बढ्नुको विकल्प छैन’, जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले बिहीबार आयोजना गरेको वेविनारमा पौडेलले भने ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा भने महाधिवेशनका लागि आवश्यक तयारी नै नभएको दाबी गर्छन् । कोरोनाकै कारण महाधिवेशनको मिति सार्ने हो भने अझै दुई वर्षमा पनि नहुने ठोकुवा गर्दै नेता थापाले समयमै महाधिवेशन गर्ने विकल्प सुझाए ।

‘यही अवस्था हो भने फागुनमा त सम्भव छैन । यसमा बेकारको बहस मात्रै हो । म त जेठमा मात्र होइन भदौमा पनि सम्भव देख्दिनँ’, उनले भने, ‘जिल्ला अधिवेशनका लागि वडा र केन्द्रीय महाधिवेशनका लागि क्षेत्रमा मतदान गर्ने व्यवस्था गरौं । यसले भीडभाड पनि हुँदैन ।’ नेता थापाले नेतृत्वको इच्छाशक्तिका कारण महाधिवेशनको कुनै तयारी अगाडि नबढेको दाबी गरे ।

कांग्रेसले साउनभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने र मंसिरसम्म सदस्यताको टुंगो लगाउने गरी कार्यतालिका प्रकाशित गरेको थियो। पुसमा स्थानीय अधिवेशन गर्ने र फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी असारमा कार्यतालिका परिमार्जन गरेको थियो ।

साउनमा क्रियाशील सदस्यता अधिकांश जिल्लामा पुगे पनि कोरोना संक्रमण बढेपछि सरकारले जिल्लाजिल्लामा निषेधाज्ञा जारी गरेको छ । यसका कारण महाधिवेशनका कार्यक्रम फेरि स्थगन भएका छन् । विधानतः चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने हो ।

तर असाधारण कारण महाधिवेशन सम्पन्न गर्न नसके एक वर्ष थप गर्न मिल्ने विधानको सुविधाअनुसार कांग्रेसले फागुनमा महाधिवेशन गर्नैपर्छ । थपिएको समयमा पनि महाधिवेशन हुन नसके संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले अर्काे ६ महिनाको समय पाउनेछ । त्यो भनेको अर्काे वर्ष भदौ हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय पदाधिकारीले महाधिवेशनको तयारी नै अगाडि नबढाएको दाबी गरे । ‘केन्द्रीय पदाधिकारी महाधिवेशनको तयारीमा जुट्नु भएकै छैन, म उहाँहरूलाई जुट्न आग्रह गर्दछु’, उनले भने, अर्काे वर्ष भदौमा महाधिवेशन भयो भने लगत्तै आमनिर्वाचनमा जाँदा पार्टीलाई सम्हाल्न गाह्रो हुन्छ ।’

अहिले कांग्रेसभित्र भदौको समयसीमालाई आकलन गरेर जेठमा महाधिवेशन गर्ने गरी नेतृत्व तहमा अनौपचारिक छलफल भइरहेको छ । भदौमा महाधिवेशन गर्दा लगत्तै अर्काे वर्ष स्थानीय तहको निर्वाचनलाई समस्या पार्ने भएकाले जेठभित्र अधिवेशन गरिसक्नुपर्ने तर्क कांग्रेस नेताको छ ।

‘मेरो दृष्टिकोण भरसक फागुनमै होस् भन्ने हो तर कोरोना कारण त्यो सम्भावना कम देख्छु’, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भने,‘फागुनमा भएन भने त्यसको एक दुई महिनामै महाधिवेशन गर्नुपर्छ । हामीले महाधिवेशन ढिलो गर्दा स्थानीय तहको चुनावलाई प्रभाव पर्छ ।’ उनले वैशाखमा महाधिवेशन गर्न सकिने बताए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोनाका कारण महाधिवेशन अनिश्चित बनेको यथार्थ सबैले स्वीकार्नुपर्ने बताए । ‘कोरोना हाम्रो नियन्त्रणमा छैन । यो खेलाँचीको विषय होइन । सबैले व्यावहारिक भएर हेर्नु पर्दछ’, उनले भने, ‘फागुनमा हुन सकेन भने जेठभित्र भइसक्नु पर्छ ।’ महाधिवेशन गर्न नेतृत्व अनिच्छुक रहेको भन्ने पार्टीका असन्तुष्ट नेताहरूको आरोपको उपसभापति निधिले खण्डन गरे ।

वरिष्ठ नेता पौडेलले भने फागुनमै महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनले अहिलेकै क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिलाई मान्यता दिएर फागुनमै महाधिवेशन गर्न सकिने उपाय सुझाएका थिए ।

भदौ १९ गते, २०७७ - ०७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुइँको टिप्दा न बादल, न वामदेव

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...   

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...   

आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...   
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...   

संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन

काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...   

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...   
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...   

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...   

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...   

कोभिड चिकित्सकमाथि आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top