


फ्रान्सद्वारा १ खर्ब १८ अर्ब डलरको विशाल आर्थिक राहत प्याकेज घोषणा


-
-
भदौ १८ गते, २०७७ - १५:२४

पेरिस । कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।
फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि आरटिएल रेडियोलाई दिएको अन्तर्वार्तामा नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।
प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् ।
फ्रान्समा बिहीबार मात्र सात हजार नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका थिए । पछिल्ला दिनहरुमा यो युरोपमै सबैभन्दा बढी वृद्धिदर हो । फ्रान्समा हालैका दिनहरुमा कडा लकडाउन र नियमहरुलाई खुकुलो बनाइएको छ ।
फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा बिरामीको संख्या केही बढेको देखिए पनि मार्च र अप्रिलको जस्तो अवस्था देखिएको छैन ।
कोरोना संक्रमण फेरि बढ्न थालेपनि फ्रान्सका विद्यालयहरु खुल्न थालेका छन् भने अधिकारीहरुले मानिसलाई काममा फर्कन प्रेरित गरिरहेका छन् ।
फ्रान्समा कोरोनाभाइरसबाट ३० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
