Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बन्दाबन्दीको सकस र मानसिक तनावमा खेलाडी

महेन्द्रनगर । हरेक दिनजसो बिहान र साँझ खेलाडीहरुको चहलपहल रहने कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल र खुल्लामञ्च परिसर गत चैतयता सुनसान छन् । सरकारले कोरोना भाइरस न्युनीकरणका लागि जारी गरेको निषेधाज्ञायता महेन्द्रनगर मात्रै नभई सिङ्गो सुदूरपश्चिमको खेल गतिविधिमा शून्यता छाएको छ ।

यहाँस्थित बक्सिङ ओलम्पियन डम्बरदत्त भट्ट कोरोना कहरमा खेलाडीहरुले घरमै बसेर सामान्य व्यायाम गर्नुपर्नेमा जोड दिए । “यस्तो विपत्तिमा जोगिने उपाय गर्ने हो”, उनले भने, “धेरै खेलाडीहरु तालिम÷प्रशिक्षण नहुँदा मानसिक तनावमा पनि छन् ।” राष्ट्रिय खेलकुद परिषद्ले केही दिनअघि केही खेलहरुमा प्रशिक्षण गराउने सुरसार गरे पनि हाललाई त्यो पनि स्थगन भएको उनको भनाइ छ । “साग प्रतियोगितामा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रर्दशन रहेको थियो”, ओलम्पियन भट्टले भने, “लामो बन्दाबन्दीले खेलाडीमा नकारात्मक असर पार्छ नै ।”

यहाँ बिहान र साँझ सडक र खुल्ला मैदानमा फाट्टफुट्ट व्यायाम गरिरहेका मानिसहरु देखिए पनि खेल गतिविधि भने ठप्प नै छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सरकारको निर्देशनअनुसार यहाँ तालिम प्रशिक्षण बन्द छन् । “खेलाडीहरु तालिम नभएर हतोत्साहित छन्”, उनले भने, “अब खेलाडीहरु खोज्न पनि गाह्रो पर्ने स्थिति आउन सक्छ ।” अहिलेको महाकष्टमा अन्य क्षेत्र झैँ खेलकुद पनि प्रभावित भएको कार्यालय प्रमुख भट्टले बताए ।

कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी सुरेश चुनाराले निषेधाज्ञा सकिएपछि पनि खेलाडीहरुलाई लयमा फर्किन समय लाग्ने बताए । उनले नियमति प्रशिक्षण नहुँदा खेलमा धेरै समस्या भएको बताए । “भएको खेल पनि खस्किने अवस्था आयो”, उनले भने, “यस्तो महामारीमा प्रशिक्षणका लागि हानथाप गर्ने कुरो पनि भएन ।” उनले कोरोना सामान्य बन्दै गएपछि खेलाडीहरुको प्रशिक्षण शुरु गर्ने विषयमा पनि योजनासहित सावधानी बढाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग०का रजत पदक विजेता खेलाडी विशाल सिंह विष्टले कोरोना कहरमा प्रशिक्षणमा समस्या भइरहेको बताए । “प्रशिक्षणरत खेलाडीहरु यहाँको विभिन्न ठाउँमा छरिएर बसेका छन्”, उनले भने “को कहाँ कसको सम्र्पकमा हुन्छ थाहा नै हुँदैन ।” उहाँले आफूहरु चार÷पाँच जना खेलाडीहरु सेल्फ प्रशिक्षणमा जुटिरहेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies