Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

काठमाडौँ । चक्रपथको दोस्रो चरण ९कलङ्कीदेखि चाबहिलसम्म० बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।

चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड बिस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको बिस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ ।

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युत्को पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार १०० रुख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१/३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौँ चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताए । कतिपय स्थानीयवासीले बिरोध गरेपनि मुआब्जा दिइने भएकाले समस्या नहुने उनकोे भनाइ छ ।

उनका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्याङ्कन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उनले भने, “अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।” स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताए । काठमाडौँ महानगरपालिकाले सो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ ।

आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रुख काटिसकेको छ । सडक निर्माण शुरु भएपछि नै नयाँ रुख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रुख रोपिएको थियो । उनले भने, “यो खण्डमा सडक बनाइरहँदा रुख पनि रोपिनेछ ।”

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण शुरु भएको थियो । सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । विसं २०७१ मा शुरु भएको सडक निर्माण विसं २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण शुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण शुरु गर्नेछ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन शुरु गर्ने बताइएको छ ।

सो सडकमा दुइ ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुनेगरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । पहिलो चरणमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले छ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एक एक किमी फरकमा आकाशे पुल बन्ने छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies