


प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति


-
-
भदौ १८ गते, २०७७ - १४:०३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने हुलाकी मार्ग जोड्ने दुई वटा पहुँच मार्गको स्तरोन्नति गर्ने कार्य तीव्रगतिमा अघि बढिरहेको छ । प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयलले चालु आर्थिक वर्ष २०७७/७८ मा पनि सो सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिएको हो ।
मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस जिल्लाको सुनवल तुरिया–पर्सावल–अमरौट–घिनाहा–बकेना सडक र स्थानीय तह पहुँच मार्गअन्तर्गत बासा–तुल्सीनगर–तिलकपुर–खोखरपुरा– पटनी–भिमटाडी सडक स्तरोन्ति कार्यले प्राथमिकता पाएको हो ।
सडकको स्तरोन्नतिको निर्माणाधीन योजनाअन्तर्गत पर्सावल–अमरौट–घिनाहा–बकेना सडकमा हालसम्म करिब साढे पाँच किलोमिटर बाटो कालोपत्र भइसकेको छ । आगामी आर्थिक वर्ष ०७८/०७९ सम्म करिब रु १७ करोड खर्च गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म करिब रु सात करोड ५० लाख खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७/०७८ मा प्रदेश सरकारबाट रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ ।
कालोपत्र हुने सडक सुनवल र रामग्राम नगरपालिकाअन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्गको सुनवलदेखि हुलाकी मार्ग भैरहवा परासी सडकखण्डअन्तर्गत रामग्राम नगरपालिकाको तोनवासम्म कालोपत्र हुने भएपछि स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिकाअन्तर्गत तिकलपुरको बासा बासही हुँदै गाउँपालिकाको प्रमुख प्रशासनिक भवनसम्म जोड्ने पहुँच मार्ग विस्तारको कार्य पनि जारी छ । बासा–तुल्सीनगर– तिलकपुर–खोखपुर–पटनी–भिमटाडी हँुदै करिब आठ किलोमिटर सडक कालोपत्र विस्तार गर्ने निर्माणाधीन आयोजनामा हालसम्म करिब रु चार करोड खर्च भएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन भएको छ ।
आगामी आव ०७८/०७९ सम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइए पनि यो योजनालाई भारतीय सिमाना जोड्ने गरी विस्तार गर्ने भावी योजना रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो योजनाबाट जिल्लाको ग्रामीण क्षेत्र सडक पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीको हुलाकी मार्ग जोड्ने यी दुई वटा प्रमुख पहुँच मार्गको स्तरोन्नित कार्यलाई प्राथमिकता दिएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
