Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीको हठ र वामदेवको बालापनको शिकार बनेको नेकपा ! आजको सचिवालयमा के हुन्छ ?

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टीमा भएको अघोषित युद्दविराम पुन बल्झिने संकेत देखा परेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्त गर्नुपर्ने रिक्त रहेको राष्ट्रियसभा सदस्यमा को पठाउने भन्ने विवाद नेकपामा पुन चुलिएको हो ।

ओली यस विषयमा गत भदौं १२ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । आफुले अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै पठाउने जानकारी राष्ट्रपतिकोमा पठाईसकेको भन्दै वामदेव गौतमलाई अन्य कुनै ढंगबाट एडजष्ट गर्ने बताएका थिए । जवाफमा प्रचण्डले गौतमलाई पठाउने फागुन १४ को पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने नभए सचिवालयमा छलफल गर्नुपर्ने बताएका थिए ।

प्रचण्डको कुराबाट सशंकित बनेका ओलीले १३ गतेका लागी बोलाइएको सचिवालय बैठक आज १८ का लागी सार्नुको कारण गौतमको विषय नै रहेको बालुवटारको स्रोतले पुष्टी गर्यो । अलिकति समय लिएर गौतमलाई सम्झाउन सकिने बुझाइमा बालुवाटार थियो ।

\"\"

तर यो बिचमा वामदेवले आफु राष्ट्रियसभामा जाने पार्टी निर्णय कार्यान्वयन गनुपर्ने तर्क सार्वजनिक गरे । स्रोतका अनुसार राष्ट्रियसभामा मात्रै होइन, गौतमले अर्थमन्त्री हुने समेत चाहना राखेका छन् ।
तर उनै गौतमले यसअघि आफु अब राष्ट्रियसभामा नजाने बताएका थिए । पार्टी अन्तरसंघर्षहरुमा बचपना देखाउँदै आएका गौतम अडानमा नबस्ने र रुप फेरिरहने नेताका रुपमा परिचित छन् ।

गौतमको बचपना र ओलीको हठका कारण नेकपा नै बर्बाद हुने दिशामा गईरहेको यतिबेला नेकपाभित्र चर्चा हुने गरेको छ ।

बुधबार निस्किएन सहमति

बुधबार दुई अध्यक्षबिच र ओली गौतमबिचसमेत यस विषयमा छलफल भएको बताइन्छ ।

राष्ट्रियसभा खतिवडालाई नै नलगिनछाड्ने अडानमा रहेका ओली र आफु नगई नछाड्ने अडानमा रहेका गौतमबिचको मध्यस्थता कार्यकारी अध्यक्ष प्रचण्डले गरिरहेका छन् । तर प्रचण्ड पनि खतिवडा भन्दा गौतम नै उपर्युक्त हुन भन्ने निचोडमा छन् ।

ओलीले बुधबार गौतमलाई मनाउन कोशिस गरेपनि गौतमले नमानेको बताइन्छ । ओली खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने योजनामा छन् ।

खतिवडा ओली बाहेक नेकपामा कसैले पनि नरुचाएका पात्र मात्रै होइनन् उनको नेकपामा कुनै राजनीतिक पृष्ठभुमि र योगदान समेत छैन । ओलीप्रति मात्रै जिम्मेवार खतिवडा ओलीको एक्लो रोजाईका पात्र हुन् । खतिवडा स्वंयम पनि ओलीबाहेक अरु नेता र पार्टीप्रति उत्तरदायी छैनन् ।

अलपत्र छ कार्यदलको सुझाव प्रतिवेदन

खासमा नेकपा सचिवालय बैठकको मक्सद राष्ट्रियसभामा को पठाउने भन्ने होइन । पछिल्लो समय पार्टीभित्र देखा परेको विवाद सामाधानार्थ विष्णु पौडेलको नेतृत्वमा गठित ६ सदस्यिय कार्यदलले दिएको सुझाव प्रतिवेदनमाथिको छलफल सचिवालयको एजेण्डा हो ।

पार्टी अन्तरविरोधलाई निकास दिने योजनाको रुपमा हेरिएको कार्यदलको सुझावप्रति ओली, प्रचण्ड र नेपाल तिनै पक्ष असन्तुष्ट रहेको खबरहरु यसअघि नै बाहिरिईसकेको छ । अझ ओलीले आफ्ना निकटकाहरुसँग कार्यदलको सुझाव कार्यान्वयन गर्न वाध्यकारी नभएको बताएका थिए ।

कार्यदलको सुझावमाथि छलफल गर्नुपर्ने सचिवालय ओलीको हठ र गौतमको बचापनामाथि रमल्लिईरहेको छ ।

ओलीको हठ, गौतमको बालापना !

नेकपाको पछिल्लो अन्तरविरोध र समस्याहरुमा अध्यक्ष ओलीको नेकरशाही हठ र गौतमको बालापनाले काम गरेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, –‘ओली आफुबाहेक पार्टी, अन्य नेता, जनता केहीपनि होइनन् भन्ने हठमा छन् । ओलीलाई लाग्छ–म नै पार्टी, म नै नेता, म नै निर्णयकर्ता, निर्बाचित प्रधानमन्त्री सर्वेसर्वा हुन्छ । यस्तो नोकरशाही र हठी प्रवृतिले नेकपा र देश नै समस्यमा गयो ।’

अर्कोतिर उनले वामदेव गौतमको लोभी र बालापनले पनि काम गरेको बताए । उनी भन्छन्, –‘मानौं यो पार्टीमा वामदेव बाहेक अरु कोही छैन । वामदेवका बारेमा सोचेपछि सबै पुग्छ ।’

\"\"

उनले वामदेवकै कारण पार्टी विधान संशोधन गरेर उपाध्यक्ष बनाउनु परेको बताए । उनले थपे, –‘विधानमै नभएको उपाध्यक्ष बनाउनुपर्ने, किसान संघकोे अध्यक्ष उनैलाई चाहिने, संगठन विभाग उनैले चलाउनुपर्ने, उनलाई प्रधानमन्त्री हुने रहर जागेर देशको संविधान नै संशोधन गर्नुपर्ने । यो त अति भयो । नेकपाका वामदेव र ओलीको वरीपरि घुमिरहन सक्दैन, हुँदैन ।’

हुन पनि गौतमलाई आफ्नो फाइदाका लागी समिकरणमा दायाँबाया गर्नासाथै नेकपाभित्रको अन्तरविरोधको समिकरण बदलिने गरेको छ ।

ओली पक्षमा इश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् भने राम बहादुर थापा बादल मध्यमार्गी लाइनमा छन् । अर्कोतिर प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छन् । गौतम ओली पक्षमा ढल्कनासाथै दुवैतिर बराबरी ४/४ हुन जान्छ । गौतमले यहि कुराको फाइदा उठाइरहेका छन् ।

ओलीविरुद्द सुरुमा नेकपामा मोर्चा खोल्ने नै गौतम हुन् । नेकपाका नेताहरु भन्छन् –प्रचण्ड र नेपाललाई ओली विरुद्ध उचाल्ने नै गौतम हुन् । तर उनले उनै प्रचण्ड र नेपाललाई बेलाबेलामा साथ छोड्ने र ओलीतिर लाग्ने गरेका छन् ।

नेकपाको गणितिय समिकरणमा वामदवको बालापनले काम गरेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

https://www.khabardabali.com/2020/09/296247/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies