


ढोरपाटनको भूजिखोलामा बाढी : १५ जना सम्पर्कबिहीन, ३० घर बगायो


-
खबरडबली संवाददाता
-
भदौ १८ गते, २०७७ - ०८:२१

भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ
बाग्लुङ । निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरिबोट तीन जना, दुनेपँधेरा तीन जना, घट्टबोट सात जना र सुब्राङमा दुई जना सम्पर्कबिहीन भएको घर्ती मगरको भनाई छ ।

उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।
‘रातिमा घटना भएको हुँदा पूर्ण रुपमा विवरण उतार्न सकेका छैनौँ, कहाँ कति क्षति भयो,’ घर्ती मगरले भन्नुभयो ‘यो बाहेक थप विवरण हामीले उतार्ने प्रयासमा छौँ, सम्पर्क हुन सकेको छैन ।’
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षकभण्डारीले फोन मार्फत भन्नुभयो, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी
- तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली
- थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली
- आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु, प्रधानमन्त्रीले भर्चुअल विधिबाट शुभारम्भ गर्ने
- दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
- घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
- बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
- शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह
- कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
- निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने
- प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट